2026-09-20 03:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलका कर्मचारीको मिलिमतो: भिसाबिनै ७ नेपाली हङकङ पुगे

पुस २, काठमाडौँ | लकडाउनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङका लागि फरक-फरक समयमा भएका तीन चार्टर उडानमार्फत भिसा नै नभएका ७ जना नेपाली यात्रु लगेको भन्दै हङकङको अध्यागमन कार्यालयले नेपाल वायु सेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले निगमलाई सोधेको स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नभएमा प्रतियात्रु १० हजार हङकङ डलर (१ लाख ५१ हजार) का दरले करिब साढे १० लाख रुपैया जरिवाना तिराउने उल्लेख गरको छ । स्रोतका अनुसार, भिसा नभएका नेपालीलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालय र निगमको यात्रु सेवा विभागका कर्मचारीको मिलेमतोमा पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती यात्रु भदौ र असोज महिनामा भएका उडानबाट हङकङ पुगेका थिए ।

निगमको हङकङ स्टेसनले उताको सरकारको पत्रसहित यात्रु पठाउदा नियम कडाइका साथ पालना गरेर मात्रै पठाउन भनेको छ । 

निगमका एक अधिकारीका अनुसार, बिनाभिसा नेपालबाट जानेहरुमा ३ पुरुष र ४ महिला छन् । उनीहरू सबै अहिले हङकङमै छन् । ‘भिसा नभएका यात्रुलाई कुनै पनि वायुसेवाले बोर्डिङ पास नै जारी गर्न मिल्दैन’ स्रोतले भन्यो । ‘यसमा ती

यात्रुलाई बोर्डिङ पास दिलाउने निगमका कर्मचारी र त्यस दिन विमानस्थलको अध्यागमन कार्यालयमा पासपोर्टमा छाप लगाउने कर्मचारीहरूको मिलेमतो देखिन्छ ।’ 

– यो समाचार आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो