पुस १३, काठमाडौँ । कैलालीको डिभिजन वन कार्यालय, पहलमानपुर अन्तरगत सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा प्रेमबहादुर आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनिएका थिए । वनमा काटिएका रुखबारे सामुदायिक वनका अध्यक्षले जानकारी गराइरहँदा आलेले ‘टाउको तल झार, चिनेको छस् म को हुँ ?’ भन्दै हप्काएको भिडियो भाइरल बनेको थियो ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा काठ ठेकेदारको लगानी हुने गरेको र पैसा आर्जन गर्नकै लागि रातारात धेरै रुख काट्न उपभोक्ता तयार भएको आलेको आरोप थियो । तर नवनियुक्त वनमन्त्री आले आफै २०५० देखि ५७ सालताका स्थानीय स्थतरमा राजनीतिसँगै काठ बेचबिखन गर्ने ।

आले २०५५ वैशाखमा सरकारी वनमा अवैध कटान र ओसारपसारमा मुछिएका थिए । डोटीको साविक छतिवन गाविस–८ का राधेश्याम बडायर र ९ बस्ने तत्कालीन जिविस सदस्य रहेका आलेसमेतको मिलेमतोमा ८ र ५ वडामा पर्ने जंगलमा अवैध ढंगले सल्ला प्रजातिका रुख काटेको प्रतिवेदन वन कार्यालय डोटीले तयार गरेको थियो । उक्त घटनामा बडायर पक्राउ परे पनि आले पक्राउ पर्न नसेको प्रतिवदेनमा उल्लेख छ ।

आलेले भने आफू कहिल्यै काठ व्यवसायलगायतका अवैध गतिविधिमा संलग्न नभएको दाबी गर्दै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिक छ ।

December 28, 2020
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
अवैध ढंगले वनको काठ काटेको मुद्दा लागेका नै वनमन्त्री !
By kit
3 मिनेट पढाइ