2026-06-19 08:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानमा कोरोनासंक्रमितः निगमका तीन कर्मचारीलाई कारवाही

2021-01-04

पुस २०, काठमाडौँ | मलेसियाको उडानबाट गत बुधबार कोभिड संक्रमित बिरामीलाई काठमाडौँ पठाउने नेपाल वायु सेवा निगमका तीन जना कर्मचारीलाई क्वाललम्पुरबाट फिर्ता बोलाइएको छ । निगमका एक उच्च अधिकारीका अनुसार त्यहाँको स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, फाइनान्स प्रमुख इन्द्र थापा र स्टेसन म्यानेजर युवराज आचार्यलाई निगमले काठमाडौँ फिर्ता बोलाएको हो ।

गत बुधबार निगमको क्वाललम्पुर–काठमाडौँका लागि भएको उडानमा आएका १ सय ४५ यात्रुमध्ये रौतहट घर भएक एक जना कोरोनाका बिरामी रहेको पाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य सेवा विभागले राखेको हेल्थ डेस्कमा कागजात जाँच गर्ने क्रममा ती यात्रुको साथमा रहेको पीसीआर जाँचको रिपोर्ट नै पोजेटिभ भेटिएको थियो ।

उक्त उडानमा ती यात्रुसँगसँगै बसेका तथा घुमिल भएका अन्य ५४ यात्रुलाई काठमाडौँको गौशालास्थित होटल क्वारेन्टिनमा राखिएको छ । ती यात्रुको होटल तथा पीसीआर जाँच खर्च पनि निगमकै तीनै जना कर्मचारीबाट असुलउपर गरिने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी