२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ १४ देखि कोरोना खोप लगाइने, पहिलो चरणमा को-कोले लगाउन पाउछन् ?

२०७७, १० माघ शनिबार ०४:०३

माघ १०, काठमाडौँ | भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिएका हुन्। भारतबाट बिहीबार १० लाख डोज खोप नेपाल आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रमबारे यकिन मिति तोकेको थिएन। यद्यपि भारतले खोप दिने कुरा एक साताअघि देखि नै चर्चामा थियो। मन्त्रालय स्रोतका अनुसार खोप अभियानको निर्णय र घोषणा प्रधानमन्त्रीस्तरबाट हुने तयारी भएको थियो।  

भारतले पठाएको खोप बिहिवार काठमाडौं आइपुगेपछि अन्य प्रक्रिया पूरा गर्ने क्रममा थप समय पर्खिनु परेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ‘खोप एक साताभित्रै दिन्छौं,’ गौतमले शुक्रबार नागरिकसित भने।  

खोप आइपुगेपछि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन विमानास्थलमै औपचारिक रुमपा हस्तान्तरण गरेका थिए। अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिडशिल्ड’ नामक खोप नेपालमा पठाइएको हो।  

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार ‘कोभिडशिल्ड’ खोप २ देखि ८ डिग्री ताफक्रममा राख्न मिल्छ। खोप लिएलगत्तै एक डोज प्रमाणीकरणको लागि औषधि व्यवस्था विभागमा पठाइर प्रमाणीकरण भइसकेको छ। खोप पुगेलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप सवै जिल्लामा के कति पठाउने भन्नेबारेमा छलफल भइरहेको कोभिड १९ खोप व्यवस्थापनका संयोजक डा. श्यामराज उप्रेतीले बताए।  

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका उपेन्द्र ढुंगानाका अनुसार महाशाखाले आइतबारदेखि सबै प्रदेशमा र प्रदेशमार्फत जिल्लामा र जिल्लामार्फत अस्पतालहरूमा वितरण गरिनेछ। साना जिल्लाहरूको हकमा एक या दुई वटा खोप केन्द्र र ठूला सहरको हकमा तीनदेखि पाँच वटासम्म खोप केन्द्र हुन सक्नेछन्। ‘आजसम्म पठाएका छैनौं, आइतबारदेखि सबैतिर पठाउँछौं,’ डा. ढुंगानाले भने।  

खोप अभियानको पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालक, शव व्यवस्थापक र सुरक्षाकर्मीहरू रहेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। अनुदान स्वरूप आएको यो खोप अग्रपंक्तिमा रहेपनि जोखिममा रहेका समूहहरू दीर्घरोगी तथा बृद्ध–बृद्धाहरूलाई दिइने महाशाखाले जनाएको छ। 

- यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो