Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

काठमाडौँका आधा नागरिकमा संक्रमणविरुद्धको एन्टीबडी बनेको विज्ञको दाबी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २३, काठमाडौँ | काठमाडौँका करिब आधा नागरिकमा कोभिड–१९ संक्रमणविरुद्धको एन्टीबडी निर्माण भइसकेको दाबी विज्ञहरुले गरेका छन् । कोभिडको लहर कम हुँदै गएको र नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने उनीहरुको विश्लेषण छ ।

सक्रमण भइसकेपछि शरीरमा विकास हुने क्षमतालाई एन्टीबडी निर्माण भनिन्छ भने ५० प्रतिशत संक्रमण भइसकेपछि उत्पन्न हुने अवस्था हर्ड इम्युनिटी हो । सरकारले तुरुन्त राजधानीलगायत देशभर समुदायमा कोभिड–१९ संक्रमणको अवस्था जान्न नियमित सेरो प्रिभिलेन्स सर्भे गर्नु आवश्यक रहेको उनीहरुले बताएका छन् ।

‘हाम्रो अनुमानमा काठमाडौँमा करिब ५० प्रतिशत मानिस कोभिड संक्रमित भइसकेको हुनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका वरिष्ठ पदाधिकारी एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘कोभिडको पहिलो लहर कम हुँदै गएकाले नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने संकेत देखिएको छ ।’

सरकारले गत दसैँअघि देखि सातैवटै प्रदेशबाट ३ हजार १ सय ५० वटा रगतको नमुना संकलन गरेर समुदायमा कोभिड संक्रमणबारे जान्न सेरो प्रिमिभलेन्स सर्भे गर्दा देशभरमा १३.९ प्रतिशतमा कोभिडविरुद्धको एन्टीबडी बनिसकेको अर्थात् उनीहरु जानेर वा नजानेर संक्रमित भइसकेको देखिएको थियो ।

- आजकोकान्तिपुर दैनिकमा समाचार छ ।