Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कुवेतमा ७ नेपाली महिला पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २८, काठमाडौं | कुवेत प्रहरीले घरलु कामदारलाई भगाई अर्को साहूलाई बेचेको अभियोगमा ७ जना नेपाली महिलालाई पक्राउ गरको छ । प्रहरीले घरलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत वनाएर बेचबिखन गर्दै आएको आरोप उनीहरूलाई लगाएको छ ।

कुवेतबाट प्रकाशित अरब टाइम्सका अनुसार उनीहरूमाथि मानव बेचबिखनसम्बन्धी कानुन आकर्षित हुनेछ । पछिल्लो समय भारतीय बाटोबाट समेत नेपाली महिलालाई कुवेत लैजान कठिन भएपछि दलालहरूले घरमै काम गरिरहेका नेपालीलाई भगाउने र अर्को साहुलाई बिक्री गर्ने गरका छन् ।

कोरोना संक्रमण फैलिएपछि घरलु कामदार ल्याउन कुवेतले रोकेको थियो । गत बिहीबारदेखि मात्रै कुवेतले नेपालसहित ५ देशका नागरिकलाई घरलु कामदारमा आउन खुला गरको छ । गत बिहीबार श्रीलंकामा रोकिएका नेपालीसहित १ सय ९७ जना घरलु कामदार कुवेत पुगेका थिए ।

- आजको कान्तिपुर दैनिकमा समाचार छ ।