2026-09-20 02:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनबाट पुनः श्रम स्वीकृति लिनेको संख्या बढ्यो

फागुन ६, काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्यामा बृद्दि भएको छ । वैदेशिक रोजगार विभागकाअनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिने गरेका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले अनलाइन कार्यान्वनको सुरुको दिनमा अनलाइनबाट दैनिक दश पन्ध्र जनाले पुन श्रम स्वीकृति लिने गरेको भए तापनि अहिले अनलाइनबाट स्वीकृति लिने संख्या बढिरहेको बताए । गत जनवरी १ देखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सकिने व्यवस्था विभागले गरेको हो । कार्यान्वयन भएको हाल डेढ महिनाको अवधिमा २५ सयको हाराहारीमा अनलाइनबाट नेपाल सहित देशमा विभिन्न ठाउँमा कार्यरत नेपाली कामदारले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक दहाल बताउछन् ।

यो व्यवस्थासँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिले पुनः श्रम स्वीकृति (रिइन्ट्री) लागि श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । कार्यालयमा आएर पनि श्रम स्वीकृति लिन आउनेक्रम पनि जारी रहेको विभागको भनाई छ।

वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृति प्राप्त गर्न सक्छन् । यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका श्रमिक बढीमा दुई पटकसम्म लाभ लिन सक्ने विभागको भनाई छ । एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक आइरिक्स (आँखाको स्क्यान वा औँठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाले अनलाइन पुनः श्रम स्वीकृति सेवा लिन सक्छन् । यसैगरी अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि सेवा प्राप्त गर्न वैदेशिक रोजगार विभागको वेबसाइटबाट अनलाइन श्रम स्वीकृतिमार्फत फारम भर्नु पर्दछ । श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन अस्विकृत भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउन्टमा सूचना जाने भएकाले आफ्नो मोबाइल नं र इमेल ठेगाना सही भर्नुपर्ने हुन्छ ।

त्यस्तै श्रम स्वीकृतिका लागि आवेदन गर्दाको युजर नेम र पासवर्ड सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ । श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफईआईएमएसको युजर एकाउन्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुने भएकाले आवेदक आफैँले आवश्यकता अनुसार प्रिन्ट गर्न सकिन्छ ।

त्यस्तै, म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत गर्न सकिने र यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क लाग्दैन । यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति गर्दा कार्यालय उपस्थित भइरहनुपर्ने समस्याबाट सहज हुने भएकाले उक्त सेवाको प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

विभागकाअनुसार आईएमई–पे, ई–सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ । विभागका महानिर्देशक दहाल विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यताको पनि अन्त्य हुने बताउछन् । यस्तो सुविधा श्रमिकले दुई पटकसम्म विदेशबाटै श्रम रि–इन्ट्रीको सुविधा पाउनेगरी व्यवस्था गरिएको छ ।

यो व्यवस्थापछि श्रम स्वीकृति लिएर गए पनि अवधि सकिएपछि विदेशमै बसिरहनुपरेका श्रमिकलाई पनि श्रम स्वीकृति लिन सहज भएको छ । यो व्यवस्थापछि श्रम रि–इन्ट्री नगरेका कारण समस्या पर्दा कोषबाट सुविधा नपाउने अवस्थाको पनि अन्त्य हुने विभागको भनाई छ । यो समाचार गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो