Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पहिलो पटक विषादी अवशेषको अधिकतम सिमा निर्धारण, कुनमा कति ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन ८, काठमाडौँ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरी गतमहिना २६ गते राजपत्रमा प्रकाशित गरेको हो ।

स्याउ, केरा, करेला, भन्टा बन्दा, कोभी, भिन्डी,आलु,टमाटर र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण छ । यसअघि अन्य खाद्य वस्तुमा गुणस्तर मापदण्ड निर्धारण जीवनाशक विषादीको सिमा निर्धारण गरेको भएता पनि हरियो तरकारी तथा फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको थिएन ।

राजपत्रमा प्रकाशित मापदण्ड अनुसार बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको छ  भने करेलामा १, भन्टामा २१ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सिमा तोकिएको छ । यसैगरी काउलीमा १३, भिण्डीमा ४, आलुमा ७१ ,स्याउमा २७, केरामा ४२ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको छ । यसैगरी चियामा १९ वटा अवशेषको अधिकतम सीमा तोकिएको छ । सरकारले निर्धारण गरेको सिमा भन्दा बढी विषादीको मात्रा प्रयोग गरेको देखिए खाद्य ऐन २०२३ अनुसार पाँच वर्ष कदै वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ ।

- यो समाचार आजको राजधानी दैनिक पत्रिकामा छापिएको छ ।