पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २१, काठमाडौँ । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमति प्राप्त विदेशी एयरलाइन्सले आफ्ना यात्रुलाई यस्तो सुविधा उपलब्ध गराउन सक्नेछन्

“उड्ययन प्राधिकरण सहमति ल्याउने विदेशी एय्लाइन्सलाई हामी 'नो अब्जेक्सन’ दिन्छौँ”, उनले भने ।

विदेशी जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सेवासम्बन्धी प्रस्ताव यति बेला प्राधिकरणको बोर्डमा प्रस्तावित छ । बोर्डबाट उक्त प्रस्ताव पारित हुनासाथ जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सुविधा खुला हुनेछ । “अब छिटै यस्तो सुविधा दिने गरी तयारी भइरहेको छ”, उनले भने । यो प्रक्रियामा प्राधिकरणको भूमिका 'नो अब्जेक्सन’ दिनेमा हुनेछ ।

- यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।