२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्ली–काठमाडौं हवाई भाडा आकासियो

२०७७, १८ चैत्र बुधबार ०३:३५

चैत १८, काठमाडौँ । दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक आकासिएको छ । मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली– काठमाडाैं एकतर्फी यात्राकै लागि भारु ३० हजार सम्म (४८ हजार रुपैयाँ तिर्न बाध्य भएका छन् । जब कि सामान्य अवस्थामा भारु करिब ६ हजार (साढे ९ हजार रुपैयाँमा पनि टिकट पाइने गरेको थियो ।

हाल भारत र नेपालबीच ‘एअर –बबल’ सम्झौताअन्तर्गत नेपाल वायुसेवा निगम र एयर इन्डियाले मात्र दिल्ली–काठमाडौा दैनिक एक–एक उडान गरिरहेका छन् । कोरोना महामारीअघि यो रुटमा मात्र दैनिक ११ उडान हुनेगरेका थिए । नेपाल वायुसेवा निगमका दुई, एयर इन्डियाका दुई, इन्डिगोका तीन, स्पाइस जेटका दुई र भिस्ताराकोएक उडान हुनेगरेका थिए । भुटानको ड्रयुक एयरले पनि दिल्ली–काठमाडांै–पारो उडान गर्दै आएको थियो । यसबाहेक निगमले नै बैंग्लोर र मुम्बईमासमेत उडान गर्ने गरेको थियो । 

कोरोना महामारीका कारण २२ मार्च २०२० देखि १६ डिसेम्बर २०२० सम्म सबै उडान बन्द गरियो । करिब नौ महिनापछि गत १७ डिसेम्बर २०२० देखि उडान सुरु गरिएको हो । नेपाल–भारत एयर बबल सम्झौताअन्तर्गत हाल दैनिक दुई उडान सञ्चालनमा छन् । जसअनुसार निगम र एयर इन्डियाले दैनिक उडान गर्दै आएका छन् ।

हाल नेपाल वायुसेवा निगमले एयर बस ३२० बाट दैनिक एक उडान गर्दै आएको छ । पर्याप्त सिट नहुँदा विगत दुई सातादेखि यो उडानका आठ बिजनेस क्लास र १५८ इकोनोमिक क्लास सिटको अकुपेन्सी औसतमा ९० प्रतिशतभन्दा बढी रहँदै आएको छ । त्यस्तै अवस्था एयर इन्डियाको पनि छ । 

निगमले बिजनेस क्लासका लागि न्यूनतम २१ हजार ५ सय र अधिकतम सीमा २२ हजार ५ सय भारु तय गरेको छ । त्यसै गरी इकोनोमी क्लासका लागि न्यूनतम न्यूनतम ५ हजार ९ सय र अधिकतम १९ हजार भारु निर्धारण गरिएको छ । तर उच्च मागका कारण यात्रुहरूले माथिको दरमा टिकट पाउन मुस्किल छ । 

एयर इन्डियाले हवाई भाडा बजार मै खुला छाडेको छ । जसले गर्दा टिकटको माग अत्यधिक हुँदा एअर इन्डियाको हवाई भाडा ३० हजार भारु नाघ्ने गरेको छ । माग बढी हुँदा आगामी दुई सातासम्म नेपाल वायुसेवा निगम र एयर इन्डिया दुवैका अधिकांश टिकट बिक्री भइसकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित