भारतमा कडाइ भएपछि विदेश जान भारतीय नागरिक नेपालमा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

बैशाख १, काठमाडौँ । तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको हवाई रुट प्रयोग गर्न थालेका छन् । विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो लाग्ने गरेको छ ।

दूतावासले कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको वेबसाइटमा रहेको इमेल ठेगानामा सम्पर्क गर्ने र त्यसपछि क्रमिक रूपमा बोलाउने एडभाइजरी जारी गरेको थियो । ‘एडभाइजरी हामीले वेबसाइटमा हाल्यौं, तर धेरै मान्छे नबोलाइकनै आइरहेका छन्, एडभाइजरीको पालना भएको देखिन्न,’ दूतावासका प्रवक्ता नवीन कुमारले भने, ‘एक दिनमा ५० जना आउनुपर्ने हो । तर तीनदेखि चार सयसम्म आइरहेका छन् । यसले गर्दा भीड बढेको हो ।’ प्रवक्ता कुमारले एनओसी लिने भारतीय बढे पनि उनीहरू भारतबाट नेपाल हुँदै अन्य मुलुकमा उड्नका लागि नै हो भन्न नमिल्ने बताए । ‘नेपालमै रहेका धेरै भारतीय पनि विदेश जान खोजेका हुन सक्छन्,’ उनले भने ।

कोभिड–१९ को बढ्दो संक्रमणका कारण भारतबाट विदेश उड्न केही भिसालाई अस्थायी रूपमा रोक लगाएको, केहीमा प्रक्रिया लामो भएको र संक्रमणकै कारण अन्य मुलुकमा गएपछि प्रक्रिया झन्झटिलो बन्न सक्ने भएकाले भारतीयले नेपालको बाटो रोजेको जानकार बताउँछन् । खुला सिमाना भएका कारण पनि उनीहरूलाई नेपाल आउन सहज भएको हो । कर्णाली प्रदेशबाहेक बाँकी ६ प्रदेशसँग नेपालको सीमा जोडिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेमा भारतीयको संख्या बढेको अध्यागमन विभागले पनि आकलन गरेको छ ।

तर कोभिड–१९ कै कारण संख्या बढेको हो भन्ने विभागले ठहर गरेको छैन । अध्यागमनका महानिर्देशक रमेश केसीका अनुसार भारतमा पछिल्लो समय कोभिड–१९ संक्रमण बढेपछि भारतको अध्यागमनमा केही कडाइ गरिएको छ । ‘त्यसपछि नेपालको बाटो हुँदै अन्य मुलुकमा उड्ने भारतीयको संख्या बढेको देख्न सकिन्छ,’ उनले भने । अप्रिलबाट नेपालको बाटो हुँदै तेस्रो देश उड्ने भारतीयहरूको संख्या बढेको उनको भनाइ छ । ‘नियमितभन्दा बढी भारतीय विदेश उडेका छन्, तर उनीहरूलाई नेपालस्थित भारतीय दूतावासले जारी गरेको एनओसी पत्रका आधारमा मात्र उड्न दिइन्छ,’ उनले भने, ‘भारतीय बाटो हुँदै नेपाली उड्नुपरे पनि दिल्लीस्थित नेपाली दूतावासको एनओसी चाहिन्छ ।’ उनका अनुसार नेपालबाट वा भारतबाट पहिलो पटक अर्को मुलुकमा उड्दा एनओसी अनिवार्य रूपमा चाहिन्छ ।-यो खबर आजको कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply