Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

आइतबार टेकु अस्पतालमा जे देखियो….

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १३, काठमाडौँ |

समय : बिहान ११ : १५ बजे, आइतबार

स्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

बूढानीलकण्ठ बस्दै आएका ५५ वर्षीय जयप्रसाद पराजुली स्वास्थ्यमा एक्कासि गम्भीर समस्या भएपछि आफन्तको सहायतामा आइतबार टेकु अस्पताल पुगे । अपराह्न १२ बजे अस्पताल पुगेका पराजुलीलाई आकस्मिक कक्षमा राखियो । तर, उनलाई राख्नका लागि टेकु अस्पतालमा भेन्टिलेटर ‘प्याक’ थियो । उनका आफन्त अत्तालिँदै भेन्टिलेटरको खोजी गरिररहे तर पाएनन् ।

कहाँ लैजाने कसरी लैजाने भनेर छटपटिरहेका थिए । भेन्टिलेटरमा राख्नुपर्ने भएकाले आफन्त एम्बुलेन्सको खोजीमा लागे । धन्न चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पतालमा भेन्टिलेटर खाली रहेछ । तर, एम्बुलेन्स चार बजेसम्म पनि आइपुगेन । आफन्त निकै अत्तालिएका थिए । अन्तत: बा१७च २५६३ नम्बरको एम्बुलेन्स बिरामी लिन आइपुग्यो । चार घण्टाको बिरामी र आफन्तको रोदनले त्यहाँको वातावरण निकै भावु्क बन्न पुगेको थियो ।

टेकु अस्पतालमा दैनिकजसो नै भेन्टिलेटरको खोजीमा बिरामीको भिँड लाग्ने गर्छ । तर, अस्पतालमा भएको भेन्टिलेटर खचाखच भएपछि बिरामी र उनीहरूका आफन्त अन्यत्र जान बाध्य हुने गरेका छन् ।

अहिले कोभिड–१९ को उपचार हुने मुख्य केन्द्र मानिएको टेकु अस्पतालमा मात्र होइन, देशभरका अधिकांश निजी र सरकारी अस्पतालमा भेन्टिलेटर पाउन हम्मेहम्मे हुन थालेको छ ।

टेकु अस्पताल पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘सास फेर्न गाह्रो भइरहेको छ बिरामीलाई । भेन्टिलेटर नै छैन भनेर भन्नुभयो । कहाँ लैजाने कसो गर्ने तनावमा छौं, यस्तो संकट त कसैलाई पनि नपरोस् ।’

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल १० जना भेन्टिलेटरमा, नौ जना आईसीयू र ४७ जना आइसोलेसनमा उपचाररत छन् । देशभर हाल ३ सय १७ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । जसअन्तर्गत २ सय ५२ जना आईसीयू र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

- यो समाचार राजधानी दैनिकमा छ ।