2026-06-21 09:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी बच्न सकिन्छ कालो ढुसीबाट

जेठ २३, काठमाडौँ  | वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु–याउने जानकारी दिए ।

डा. पौडेलले कालो ढुसीको सङ्क्रमण भएका बिरामीमा ज्वरो आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्नेलगायतका लक्षण देखिने जानकारी दिए । उनले यो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा देखिने भन्दै रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने बताए ।

मधुमेह रोग भएका व्यक्ति तथा एन्टिबायोटिक र स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू कालो ढुसीको सिकार हुने भएकाले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक तथा स्टेरोइडजस्ता औषधि सेवन नगर्न उनले आग्रह गरे । डा. पौडेलले कालो ढुसीको सङ्क्रमणबाट बच्न सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रूपमा हात धुने, धेरै धुलो भएको स्थानमा नजाने, ओसिलो ठाउँमा पनि रोगको सङ्क्रमण हुने भएकाले ओसिलो ठाउँमा नजान आग्रह गरे ।

उनका अनुसार कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भन्दै शरीरमा रोग प्रतिरोधात्मक क्षमता नभएको अवस्थामा कालो ढुसीले सङ्क्रमण गर्ने जानकारीसमेत गराए । कालो ढुसीका लक्षणहरूमा ज्वरो आउने, आँखा, नाक सुन्निने, नाक वरिपरिको छाला कालो हुने, नाकबाट बाक्लो सिँगान आउने, मुख, नाक तथा आँखा वरिपरि दुख्ने, आँखाले धमिलो देख्ने, आँखा सुन्निनेजस्ता लक्षण देखा पर्ने उनले बताए ।

कोरोनाको उपचारका क्रममा स्टेरोइड र एन्टिबायोटिक औषधि अत्यधिक सेवन गरेका व्यक्ति कालो ढुसीको उच्च जोखिममा रहेको जानकारी डा. पौडेलले दिए । मास्क नियमित लगाउने, नियमित हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, घरबाहिर फोहोरमा काम गर्दा सचेत हुने, जथाभावी औषधि प्रयोग नगर्ने, मधुमेह भएका बिरामीले चिनीको मात्रालाई नियन्त्रण गर्ने, धुलो–धुवाँमा नबस्नेजस्ता सावधानी अपनाए म्यकुरमाइकोसिसबाट बच्न सकिने उनले बताए । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ