Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

आफ्नो पालामा मेलम्ची आयोजना सम्पन्न भएको देखाउन हतार गर्दा समस्या

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ २४, काठमाडौँ | मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब तीन महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजना हतारमा उद्घाटन र शिलान्यास गरेको भनी आरोप लाग्दै आएको छ ।

सरकारले काम गरेको देखाउने, निर्वाचन भए सोझासाझाबाट मत तान्ने र इतिहासमा आफ्नो नाम राख्ने इच्छाका कारण उनले जथाभाबी तरिकाले आयोजनाको शिलान्यास र उद्घाटन गरेको भनेर चर्चा हुने गरेको छ ।  मेलम्चीको पछिल्लो परिस्थितिले ओली सरकारले आयोजनाका सम्पूर्ण काम पूरा नहुँदै परीक्षणका रूपमा पानी वितरण गरेको अवसर छोपेर उद्घाटन गरेको संकेत गर्छ ।

आयोजनाका एक उच्च अधिकारीका अनुसार सम्पूर्ण निर्माण कार्य र परीक्षणका काम सकेर नियमित रूपमा पानी वितरण सुरु गरेपछि मात्र आयोजनाको उद्घाटन हुनुपर्ने हो । तर काठमाडौं उपत्यकामा परीक्षणका रूपमा पानी झर्नेबित्तिकै सरकार उद्घाटनमा आतुर देखियो । ती अधिकारीले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण सरकारको आयु अनिश्चित नभएपछि प्रधानमन्त्री ओली मेलम्ची आयोजना उद्घाटनका लागि हतारिएको बताए ।

‘लामो समयदेखि चर्चामा रहेको मेलम्ची आयोजना आफ्नो पालामा सम्पन्न भएको देखाउन जुनसुकै राजनीतिक दल पनि लालायित थिए । यसमा अहिले ओलीले बाजी मार्ने काम गरे,’ ती अधिकारीले भने, ‘पछिल्लो समय आयोजनाको निर्माण चाँडो सक्न ओली आफैंले चर्को दबाब दिएका थिए ।’

- यो समाचार आजको नागरिक दैनिकमा छ ।