2026-09-20 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार प्रहरीमा छनौटका लागि प्रतिव्यक्ति १० लाख अशुली !

भदौ २२, काठमाडौँ । कतार प्रहरीमा छनोट भएका युवासँग कुनै पनि शुल्क लिन नपाउने कतार सरकारको सर्तविपरीत अल तौकेत ओभरसिज नेपालले झन्डै १४ करोड रुपैयाँ उठाएको छ । उसले प्रहरीमा छनोट भएका २ सय उम्मेदवारसँग प्रतिव्यक्ति कम्तीमा ७ लाख उठाएको हो। भर्ना गर्ने जिम्मेवारी पाएको उक्त ओभरसिजको श्रम इजाजत नम्बर २७९ रहेको छ ।

अल तौकतले सोमबार औपचारिकता पूरा गर्न मात्रै अन्तिम अन्तर्वार्ता लिएको छ। पहिला नै तय भएका उम्मेदवारलाई मात्रै अन्तर्वार्तामा सहभागी गराइएको थियो। ‘मैले ७ लाख रुपैयाँ बुझाएको हुँ। एकदमै विश्वासिलो एजेन्टबाट आएका व्यक्ति मात्रै छनोट भएका छन्,’ एक उम्मेदवारले कान्तिपुरसँग भने, ‘सबैजना पहिला नै छनोट भइसकेका छन्। हामी सरकारी प्रक्रियाका लागि मात्रै पर्खेर बसेका हौं।’

उनीहरूले सिधै म्यानपावरको खातामा भने पैसा जम्मा गरेका छैनन्। व्यक्तिका नाममा आईएमईमार्फत पैसा जम्मा गर्न लगाइएको छ। ‘एजेन्टले समूह–समूह बनाएको छ। समूहलाई तोकिएको आईएमईको काउन्टरमा बोलाएर नगद दियौं। रसिद पाएका छौं,’ अर्का एक उम्मेदवारले भने, ‘फाइनल अन्तर्वार्ताअघि ७ लाख बुझाएका छौं। भिसा आएपछि थप ३ लाख रुपैयाँ दिनुपर्ने सर्त छ।’

सरकारले भदौ ८ गते कतार र नेपालबीच २००५ मै भएको श्रम सम्झौताअनुसार कतार प्रहरीमा म्यानपावर कम्पनीमार्फत भर्ना प्रक्रिया थाल्ने निर्णय लिएपछि ६ महिनादेखि दोहास्थित नेपाली दूतावासमा रोकिएको मागपत्र प्रमाणीकरण भएको थियो। कतारको आन्तरिक मन्त्रालयद्वारा पेस गरिएको मागपत्रमा प्रहरीमा छनोट हुने युवाले टिकट, भिसा र म्यानपावर कम्पनीलाई कुनै पनि सेवा शुल्क बुझाउनु नपर्ने उल्लेख छ। त्यसअनुसार नै अन्तर्वार्ता लिन वैदेशिक रोजगार कार्यालयले म्यानपावरलाई अनुमति दिएको थियो।

‘पत्रिकामा भदौ २१ गते अन्तर्वार्ता भनेर छापिएको थियो। त्यही हेरेर आज (सोमबार) १० बजे म्यानपावर कार्यालयमा पुगेको थिएँ। गेटमा ४/५ जना बाउन्सर राखेको रहेछ,’ रसुवाबाट आएका हेमन्त तामाङले भने, ‘जोसँग पहिला नै म्यानपावरबाट पाएको अनुमतिपत्र छ, त्यसलाई मात्रै भित्र छिर्न दिइयो। हामीलाई गेटबाट नै फर्काइदियो। सीमित व्यक्ति छिर्न पाए।’यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो