२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिलेदेखि बढ्छ सेयर बजार ?

२०७८, २६ मंसिर आईतवार ०४:१८

मङ्सिर २६, काठमाडौँ | यतिबेला  सेयर  बजारका  महत्त्वपूर्ण  नियामक  निकाय  नेपाल  स्टक एक्सचेन्ज  र  धितोपत्र  बोर्ड  नेतृत्वविहीन  छन् ।  यसका  लागि  बजार सञ्चालक  र  नियामक  निकायमा  लामो  समयदेखि  रिक्त  रहेको प्रमुखहरूको  नियुक्ति  प्रक्रियालाई  चाँडो  टुङ्ग्याउन  लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । 

लामो  समयसम्म  यस्ता  निकाय  नेतृत्वविहीन  बन्दा  बजारको यो  हालत  भएको  बताउँछन्  लगानीकर्ता  सञ्जीव  पौडेल ।  यद्यपि अहिलेको समस्याको मुख्य जड भनेको बैङ्कहरूको तरलता अभाव नै हो । “बैङ्कहरूमा पैसा छैन, ऋण लिन जाँदाको त कुरै छाडौँ । स्वीकृत भएको ऋण पनि बैङ्कहरूले दिएका छैनन्,” उनले भने ।नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्ज नेतृत्वविहीन छ । बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना बर्खास्त भएको दुई महिनाभन्दा बढी  भइसकेको  छ ।  नेपाल  स्टक  एक्सचेन्जमा  पनि  प्रमुख  कार्यकारी अधिकृत नभएको तीन महिना भइसकेको छ । यतिबेला लगानीकर्तालाई  धैर्य  र  संयमित  भएर  अगाडि  बढ्न  सुझाव दिँदै सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकाल अत्तालिएर सेयर  बिक्री  नगर्न  सुझाव  दिन्छन् ।  घटेको  बजारमा  बिक्री  गर्नेतर्फ होइन धैर्य राख्न सके राम्रो हुन्छ । 

पुराना  र  अनुभवी  लगानीकर्ता  तथा  सेयर  बजार  विश्लेषक  अहिलेको घट्दो सेयर बजार लामो समयसम्म नजाने आशामा छन् । अहिलेको  बजारले  नियामक  निकाय  र  सरोकारवाला  निकायको  ग्रिन  सिग्नल’  खोजिरहेको  सेयर  बजार  विश्लेषक  बीके  मिश्रले बताए । सेयर बजार घट्न केही नचाहिने भए पनि बढ्नलाई केही नयाँ कुरा चाहिने उनको भनाइ छ । निर्वाचन  घोषणाले  स्थानीय  निर्वाचन  चाँडै  हुँदै  छ ।  निर्वाचन घोषणा  मात्रै  भयो  भने  त्यसको  प्रभाव  सेयर  बजारसम्म  पुग्ने बताउँछन् ।  “स्थानीय  निर्वाचन  घोषणा  गर्नेबित्तिकै  गाउँगाउँसम्म चहलपहल  बढ्छ ।  मानिस  केही  न  केही  लिएर  गाउँ  जान्छन्  अनि आर्थिक   क्रियाकलाप   बढ्छ ।   त्यसको   प्रभाव   सेयर   बजारसम्म आइपुग्छ,” उनले भने । 

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु