Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

कोरोना बीमामा अनुदान दिन आनाकानी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ७, काठमाडौँ |</b> सरकारले कोरोना बीमाको प्रिमियममा दिने भनेको अनुदान रकम पनि पूर्णरूपमा निकासा गरेको छैन। कोरोना बीमाको दाबीमा आफ्नो दायित्व बराबरको रकमसमेत उसले निकासा गरेको छैन।<br></p><p>कोरोना बीमाको प्रिमियममा सरकारले अनुदान बापत २ करोड ११ लाख २७ हजार रुपैयाँ दिन बाँकी छ, जुन गत आवमा नै निकासी हुनुपर्ने हो। तर, त्यति सानो रकम पनि सरकारले भुक्तानी नदिएको बीमा कम्पनीहरू बताएका छन्। सरकारले दाबीका लागि दिनुपर्ने ११ अर्ब ८२ करोड रकम पनि निकासा नगर्दा बीमितहरूले अभैm पनि दाबीको भुक्तानी पाएका छैनन् ।</p><p>‘सरकारले अनुदानबापत दिनुपर्ने सानो रकम पनि अझै निकासी गरेको छैन। जुन गत आवमा नै पाउनुपर्ने हो,’ एक कम्पनीका अधिकारीले भने, ‘यही अवस्था हो भने दाबीका लागि पाउनुपर्ने अर्बौ रकम निकासी गर्न थप झमेला बेहोर्नुपर्ने देखिन्छ।’ यद्यपि, सरकारले यस बापत झण्डै ४२ करोड रुपैयाँ भने भुक्तानी गरिसकेको छ। आजको आर्थिक अभियान दैनिकमा समाचार छ।</p>