2026-09-19 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच महिनामा ८ खर्ब ३८ अर्ब बाहिरियो

पुस ९, काठमाडौँ | चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महिनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा भएको गत आव २०७७/७८ को तुलनामा ५९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले आयातका लागि ५ खर्ब २५ अर्ब  ४९ करोड रुपैयाँ खर्च गरेको थियो ।

पेट्रोलियम पदार्थ आयातमा धेरै रकम खर्च भएको देखिन्छ । त्यसपछि सवारीसाधन तथा पार्टपुर्जा, मेशिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, टेलिकम्युनिकेशन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदीका लागि ठूलो रकम बाहिरिएको छ ।

यस अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भटमास र पामतेल मात्र ५७ अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ । गतवर्षको तुलनामा निर्यात १ सय ५ दशमलव ६१ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । गत आवको सोही अवधिमा नेपालबाट ५० अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

बाहिरी मुलुकबाट कच्चा सोयाबिन र पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी बाहिरिने गरेको छ । यसले गर्दा निर्यातको वृद्धिदर उच्च देखिएको भए पनि यसले व्यापारघाटामा भने योगदान गरेको देखिँदैन । आयात र निर्यातको सन्तुलन मिल्न नसक्दा ५ महिनामा व्यापारघाटा पनि उत्तिकै बढेको छ ।  चालू आवको  ५ महिनामा नेपालको कुल वैदेशिक व्यापारघाटा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँको छ । यो गत आवको तुलनामा ५४ दशमलव ७० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापारघाटा  ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो । चालू आवको ५ महिनाको तथ्यांक हेर्दा प्रतिदिन २ अर्बभन्दा बढी व्यापारघाटा हुने गरेको छ ।

नेपालमा सबैभन्दा बढी आयात भारतबाट हुने गरेको छ । भारतसँग मात्रै ५ महिनामा ४ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपालले भारतमा ८४ अर्बको वस्तु निर्यात गर्दा त्यहाँबाट मात्रै रू. ५ खर्बको वस्तु आयात गरेको छ । पूर्वसचिव चन्द्र घिमिरेका अनुसार कमजोर उत्पादनस्तरमा सुधार गर्दै प्रतिस्पर्धात्मक, तुलनात्मक लाभ र विधि किसिमका वस्तुहरूको उत्पादनमा बढोत्तरी ध्यान दिन नसक्दा व्यापारमा सन्तुलन आउन सकेको छैन । यस्तो खालको उत्पादनमा ध्यान दिने हो भने एकातर्फ आयात प्रतिस्थापन गर्ने र अर्कोतर्फ निर्यात वृद्धि गर्न सकिन्छ । 

– यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो