2026-06-16 01:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ भारत भ्रमण: तयारी सुरु

२०७८ पुष ११, आइतवार

पुस ११, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीनदिने भ्रमण गर्न लागेका छन्। प्रधानमन्त्री देउवाको भ्रमणका लागि सरकारले गृहकार्य सुरु गरेको छ । देउवा प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमण हुनेछ । पहिलो भ्रमण जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिकमा बेलायत पुगेका थिए ।

प्रधानमन्त्री देउवालाई भारत सरकारले गुजरातको गान्धी नगरमा यही पुस २६ गतेदेखि २८ मा हुने  भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन निम्तो पठाएपछि सरकारले देउवाको भ्रमण तयारी गर्न थालेको हो । प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, “भारतीय प्रधानमन्त्रीको निम्तो प्राप्त भएको छ । त्यसअनुसार भ्रमणको आवश्यक गृहकार्य भइरहेको छ ।” कोभिडको पछिल्लो भेरियन्टको भारतमा प्रभाव बढ्दै गइरहेको बेला भ्रमण के हुने भन्ने अन्तिम टुङ्गो भने लागिनसकेको बताइएको छ । भ्रमण हुने निश्चित भएमा यही पुस २५ गते प्रधानमन्त्री देउवा भारत जानेछन् ।

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ