२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुसभित्र दुईतिहाइलाई खोप

२०७८, ११ पुष आईतवार ०३:२६

पुस ११, काठमाडौँ | कोभिड–१९ विरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ । तीमध्ये पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९४ लाख ५० हजार रहेको छ । नेपालले गत माघदेखि खोप लगाउन थालेको हो ।

एक वर्षमा नेपालले विश्व बजारमा आएका छवटा खोप प्रयोग गरिसकेको छ । कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल साइनोफार्म, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना प्रयोग गरिएको छ ।

१८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ । सो समूहकालाई फाइजर बायोन्टेक र मोडर्ना खोप लगाउन थालिएको छ ।

यी खोप हालसम्म तीन करोड ३२ लाख ९० हजार ३३० मात्रा आइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले एक करोड २० लाख खोप खरिद गरेको र बाँकी खोप कोभ्याक्स सुविधा, विभिन्न मुलुकबाट सहयोगका रूपमा प्राप्त भएको बताए ।

उनले सबै नेपालीलाई आगामी चैत मसान्तसम्ममा खोप लगाउने काम सम्पन्न गर्न सरकारले थप खोप खरिद प्रक्रिया अघि बढाइरहेको छ भने विभिन्न मुलुकसँग खोप सहयोगका लागि पहल गरिएको बताए ।

सरकारले विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको बताएको छ । यही पुस महिनासम्म १८ वर्षभन्दा माथिको ६६ प्रतिशत जनसङ्ख्या र चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यसाथ सरकारले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता