2026-09-19 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ

पुस १२, काठमाडौँ | काठमाडौंका दीपेशकुमार पौडेल आइतबार छोरीसहित विराटनगरबाट घर फर्किंदै थिए। सिरहाको गोलबजारस्थित मुख्य चोक पुगेपछि सडकभरि हातमा लट्ठीभाटासहित उभिएका मानिससँग जम्काभेट भयो। भिडले उनको प्रदेश ३–०१–०२३ च ८२९७ नम्बरको कारमाथि लट्ठीभाटा बर्साउन थाल्यो। गाडी छेउ लगाउन नपाउँदै सिसा चकनाचुर भयो। गाडीभित्रै रहेकी उनकी छोरी चिच्याउन थालिन्। छोरी सम्हाल्नु कि गाडी जोगाउनु, पौडेल निकै सकसमा परे।

सडकमा उभिएका गोलबजार प्रहरी प्रमुख इन्सपेक्टर सन्तोष राईसमक्ष पुगेर घटनाबारे जानकारी गराउँदै उनले सुरक्षा मागे। र, केही घण्टाको विश्रामपछि सिसा फुटाइएको गाडी चलाएर सुरक्षा इस्कर्टिङमा काठमाडौंतर्फ लाग्दै गर्दा उनले भने, ‘जहाँको भए पनि भिड त भेडै हुँदोरहेछ तर मैले यो नियति भोग्नुमा सुरक्षाकर्मी दोषी हुन्।

गोलबजारमा लगामविहीन उग्रता देखेपछि सुरक्षाकर्मीले हामीलाई पछाडि नै रोकिदिएको भए आज मसहित अरू थुपै्र मानिसको सम्पत्ति जोगिने थियो’, उनले भने, ‘सुरक्षाकर्मीले लगामविहीन उग्रतालाई निरीह बनेर हेरिदिँदाको मार हामीजस्ताले भोग्नुपर्‍यो। सर्वसाधारणलाई क्षति पु-याएर राज्यलाई सुनाउने कृत्य रोकिनुपर्छ।’

ना५ख ५२२ नम्बरको ट्रकका चालक विशाल तिमलसिना उदयपुरको गाईघाट जाँदै थिए। ट्रक गोलबजार नगरपालिकाको चोहर्वा चोक पुगेपछि चारैतिरबाट ढुंगा बर्सिन थाल्यो। गाडी रोकेर अगाडि हेर्दा लाठीभाटासहित मानिसको भिड ट्रकतिर दौडिँदै थियो।

अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे। एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो। तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो। केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो। प्रहरी आएपछि दौडिँदै आएका तिमलसिना भक्कानिँदै आफ्नो ट्रकमा आगो फुक्नुको कारण सोधिरहेका थिए।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको लगामविहीन उग्रताको सिकार हुन पुगेका यी दुई प्रतिनिधि हुन्। घटनामा थुपै्र सवारीसाधन तोडफोड गरिएको प्रहरीले जनाएको छ। सार्वजनिक सवारीसाधनमा सवार यात्रु घाइतेसमेत भएको प्रहरीले जनाएको छ।

जनमत पार्टीले आइतबार सिरहामा आमहडताल घोषणा गरेको थियो। सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न खरिद गरेको गहुँको बीउ केही उच्छृंखल व्यक्तिको उक्साहटमा मंगलबार लुटिएको थियो। गाउँपालिकाले लुटपाटमा संलग्नमाथि कारबाहीका लागि प्रशासनलाई गुहार्‍यो। प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा स्थानीय मिथलेश यादवलाई पक्राउ गरी आपराधिक उपद्रवसम्बन्धी मुद्दा चलायो।

सिरहा प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेका अनुसार गहुँको बीउलगायत सार्वजनिक सम्पत्ति लुटपाटमा संलग्न व्यक्तिलाई बिनाकारबाही छोड्नुपर्ने दबाब नमानेपछि जनमत पार्टीका कार्यकर्ताले उग्रता प्रदर्शन गरेका हुन्। 

– यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो