Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

होमवर्क नगरेको भन्दै छात्रामाथि निर्घात कुटपिट

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस  १४, काठमाडौँ | इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ। इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षीया सुरक्षा तामाङमाथि होमवर्क नगरेको भन्दै कम्प्युटर शिक्षक सुजन दाहालले कुटपिट गरेका हुन्।

घाइते बालिकाका अनुसार शिक्षक दाहालले होमवर्क गर्न नसकेको भन्दै देब्रे हातको पाखुरामा निर्घात कुटपिट गरेका हुन्। ‘होमवर्क गर्न नसक्दा सरले बेस्सरी पिट्नुभयो,’ पीडित बालिकाले राजधानीसँग भनिन्, ‘दुख्यो भन्दा पनि पिट्न छाड्नुभएन।’

कुटाइका कारण पीडित बालिकाको पाखुरा सुन्निएको छ भने निलडाम स्पष्ट देखिन्छ। मेडिकल जाँचका क्रममा पाखुरामा रगत जमेको पाइएको छ। चिकित्सकले केही साताका लागि औषधि दिएका छन्।

यो घटना भएपछि कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ। घाइते बालिकाकी आमा वीरमाया तामाङले कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्ने माग राखेकी छन्।

‘हामीले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका हौं, यसरी कुट्न पाइन्छ ? कुटपिट गर्ने शिक्षकमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ वीरमायाले भनिन्।

विद्यालयका प्रधानाध्यापक देवकुमार दाहालले शिक्षकबाट कुटपिट भएको जानकारी प्राप्त भएको भन्दै वास्तविकता बुझ्ने प्रयास भइरहेको बताए। राजधानी दैनिकमा समाचार छ।