२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिउँदे वर्षा दोहोरिने : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२०७८, २१ पुष बुधबार ०४:५०

पुस २१, काठमाडौँ | हिउँदे वर्षा दोहोरिने भएको छ। मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ। अघिल्लो साता पनि वर्षा र हिमपातले जनजीवन अस्तव्यस्त बनाएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार अब आउने मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने भएको छ।

विभागले मङ्गलबार विशेष वक्तव्य जारी गर्दै हिउँदे वर्षाले र्पुयाउने असरबाट जोगिन आह्वान गरेको छ। बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। उनका अनुसार बिहीबारदेखि देशव्यापी रूपमा हिउँदे वर्षाको मौसमी प्रणाली फैलनेछ। सो क्रममा बिहीबार र शुक्रबार सुदूरपश्चिमदेखि पश्चिमको लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा मध्य नेपालको बागमती प्रदेशसम्म हिउँदे वर्षाको विशेष प्रभाव रहनेछ।

यी क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भएर हल्कादेखि मध्यम वर्षा गराउनेछ। उच्च हिमाली र पहाडी भेगमा हिमपात हुनेछ। केही भेगमा भारी हिमपात हुने भएकाले ती हिमाली क्षेत्रमा पर्यटकीय यात्रा र दैनिक यात्रा नगर्न विभागले अपिल गरेको छ। प्रदेश १ र २ मा अन्य प्रदेशको तुलनामा हिउँदे वर्षाको प्रभाव कम पर्ने भएको छ।

ती भेगमा आंशिकदेखि सामान्य बदली र असर रहनेछ। वर्षा हुँदा तराई भेगमा शीतलहर र कुहिरोको असर कम हुनेछ। यस पटक दोहोरिन थालेको हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात तथा दैनिक जनजीवनमा बढी असर पर्ने भएकाले सचेत रहन र गराउन सरोकारवाला निकायलाई अनुरोध गरिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता