Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

उपत्यकामा ४८ वटा पार्क बन्दै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २९, काठमाडौँ | काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ ।

एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार/चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताए ।

५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँमा १९ वटा, ललितपुरमा छवटा र भक्तपुरमा आठवटा पार्क निर्माण गरिनेछ । प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले पार्क निर्माणका लागि प्राधिकरणले चालू आर्थिक वर्षमा काठमाडौँमा ११ करोड ९६ लाख रुपियाँ, ललितपुरमा छ करोड तीन लाख रुपियाँ र भक्तपुरमा पाँच करोड ७० लाख रुपियाँ विनियोजन गरेको जानकारी दिइन् ।

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।