2026-09-19 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमण न्यून गर्न जुट्यो सरकार

पुस २९, काठमाडौँ | नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका अनुसार कोभिड–१९ को महामारी पुनः फैलिएपछि प्रारम्भिक चरणका सम्पूर्ण तयारी सुरु गरिएको बताए। उनले भने, “कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमा नाकाका सतर्कता बढाइएको छ। कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षण पनि वृद्धि गरिएको छ।”

डा. मिश्राले स्थानीय सरकारहरूसँग समन्वय गरेर क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन कार्य अघि बढाएको बताए। सङ्क्रमण बढेका क्षेत्रबाट अन्यत्र नफैलियोस् भनेर उच्च सतर्कताका साथ परीक्षण भइरहेको पनि उनले बताए।

सरकारले सातै प्रदेशमा कोभिड अस्पताल सञ्चालन गरी आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माण गरेको छ। खोप र अत्यावश्यक औषधि पनि तयारी अवस्थामा राखिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार प्रदेश १ मा आइसोलेसन बेड ८१९, एचडीयू बेड ५६७, आईसीयू बेड ३४२, भेन्टिलेटर १४८, अक्सिजन सिलिन्डर एक हजार १४ थान, अक्सिजन कन्सन्ट्रेटर ६६, अक्सिजन प्लान्ट १७ र ट्याङ्क दुईवटा तयारी अवस्थामा छन्। यो समाचार गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो