२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईंलाई जाडो भयो ? सरकारलाई भन्नूस्

२०७८, ५ माघ बुधबार ०४:३५

माघ ५, काठमाडौँ | जाडो बढ्दो छ, तराईमा शीतलहर उस्तै छ। साथमा धन, पैसा हुनेले आफैँ न्यानो कपडा, खाना, छाना जोड्लान्। आफ्नो बुताले जाडो थेग्न नसक्ने परिवारलाई हिउँदको जाडो सधैँ कहालीलाग्दो हुन्छ। वर्षे विपत्ले बल्लबल्ल धानिएको ढुङ्गा, खर र टिनको छानामा चिसो शीत र हिउँले जब हिर्काउन थाल्छ। मुटुमै जाडो गढ्छ। यस्तोमा कसलाई भन्ने ?

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भने, “जाडो भयो भने सरकारलाई भन्नुु्, जससँग केही हुँदैन उसका लागि सरकार छ।” जाडो भएर कठ्याङ्ग्रिएर कोही छरछिमेकमा बसेको देखेमा समुदायले उसका लागि पहल गरिदिन उनले आग्रह गरे। उनका अनुसार देशका ७५३ स्थानीय सरकारले जाडो होस् अन्य विपत् जनताको जिउधन जोगाउने जिम्मा लिएको छ।

सरकारले भूकम्प, बाढी, पहिरो, आगलागी, असिनापानी, हुरीबतास, चट्याङ, शीतलहर, हिमपातलगायतका विपत्का कारणबाट भएका पीडितलाई राहत सहयोग दिँदै आएको छ। सम्भावित शीतलहर तथा हिमपात जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन २०७७ अनुसार यस्ता राहतको व्यवस्थापन गरिएको छ।

प्रवक्ता भट्टराईका अनुसार जाडोका समयमा जसको घरमा ओढ्ने ओछ्याउने छैन, आङ ढाक्ने न्यानो कपडा छैन त्यसको विवरण स्थानीय तहका जनप्रतिनिधियुक्त सरकारले सङ्कलन गर्छ। तसर्थ पहिले आफ्नै नजिकको सरकारलाई भन्नुपर्छ। किनभने जनताको सबैभन्दा नजिकको सरकार नै स्थानीय सरकार हो। कुनै कारणवश भन्न नसकेको खण्डमा हरेक जिल्ला प्रशासन कार्यालयमा विपत् व्यवस्थापन समिति हुन्छ। उसले पनि विभिन्न स्रोतबाट राहतको व्यवस्थापन गरिरहेको हुन्छ। समितिमा निवेदन परेको खण्डमा समन्वय गरेर जाडो न्यानो बनाउन सकिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु