Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मन्त्री निवास सजाउन २४ करोड

By साझासवाल 2 मिनेट पढाइ

माघ ९, काठमाडौँ | आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ ।

छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको थियो । आम नागरिकको आलोचनाबीच सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैँसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ ।

१ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएर आवास बनाइरहेको विशेष भवन निर्माण परियोजनाले भवनको आन्तरिक सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्च गर्ने भएको हो । आगामी दसैँसम्म नयाँ आवासमा मन्त्रीलाई सार्ने योजना बनाएको परियोजनाले आन्तरिक सजावटमा मोटो रकम खर्चन लागेको हो ।

- आजको नागरिक दैनिकमा समाचार छ ।