पढ्न करिब 2 मिनेट लाग्छ

माघ ९, काठमाडौँ | लगातार बढिरहेको कोरोना भाइरसका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका १८ वर्षमुनिका संक्रमित हुन थालेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई सातादेखि बालबालिकामा संक्रमण बढ्ने क्रम जारी भएको जनाएको छ। पछिल्लो २४ घन्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा तीमध्ये ५सय भन्दा बढी बालबालिका संक्रमित भएका छन्।

शनिबार ५ सय ७९ जना बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। ७ माघ ७ गते १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ सय ७६ बालबालिका संक्रमित भएका थिए । त्यस्तै माघ ६ गते देशभर १२ हजार ३ सय ३८ जना संक्रमति हुँदा ५ सय ९३ बालबालिका संक्रमित थिए।

त्यस्तै माघ ५गते ५ सय ८१ बालबालिकामा संक्रमण देखिएको थियो, जब कि त्यस दिन कुल संक्रमितको संख्या ११ हजार ३ सय ५२ थियो। यसबाहेक माघ ४ गते देशभर कुल संक्रमित १० हजार २५८ हुँदा संक्रमित बालबालिकाको संख्या ५ सय ४१ थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार माघ ३ गते मा ३ सय ७२ बालबालिका संक्रमित भएका थिए भने माघ २ गते ३ सय २३ मा संक्रमण देखिएको थियो। त्यस्तै माघ १ गते २ सय ७८ र ३० पुसमा २ सय ९९ जना बालबालिकामा संक्रमण पुष्टि भएको थियो।

तेस्रो लहर सुरु भएयता पछिल्ला दुई सातादेखि देशभर संक्रमित बालबालिकाको संख्या बढ्न थालेको हो। त्यसअघि दैनिक औसत २५ जनामा सीमित रहेको बालबालिका संक्रमण गत दुई सातादेखि लगातार उकालो लागेको छ। नेपालमा ओमिक्रोनको संक्रमण फैलिएसँगै पुस अन्तिमबाट बालबालिकामा पनि संक्रमण बढ्न थालेको मन्त्रालयको तंथ्याकले देखाउँछ।

२५ पुसमा ७५ जना बालबालिकामा संक्रमण देखिए पनि २६ पुसमा एकैदिन एक सय १६ जनामा देखिएको थियो । त्यसयता संक्रमणदर लगातार बढ्दै गइरहेको छ। नयाँ पत्रिका दैनिकबाट |