2026-09-19 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन बेच्नुपर्यो इन्डियन एयरलाइन्स टाटालाई ?

माघ १४, काठमाडौँ | भारतको विमान कम्पनी एयर इन्डिया टाटा ग्रुपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ । अहिले एयर इन्डियामा १२०८५ जना कर्मचारी छन् । २३ हजार करोड रुपैयाँ यसको ऋण छ । एयर इन्डियाका जहाज पुराना भएका छन् भने कर्मचारीको कार्यशैली सरकारी तवरको रहेको छ । एयर इन्डिया अहिले पनि भारतको सबैभन्दा ठूलो विमान कम्पनी हो, तर अन्य मुलुकका एयरलाइन्सको बजार हिस्सा अधिक छ ।

कोरोना महामारीअघि विदेशी कम्पनीले बढी यात्रु बोक्ने गरेका थिए । यही कारण पनि एयर इन्डियालाई पुरानो चमक फिर्ता ल्याउन सहज नहुने एभियसन दिग्गजहरू बताउँछन् । तर, पनि टाटा ग्रुप एक सफल कम्पनी भएकाले एयर इन्डियाको पुरानो साख फर्काउन सक्ने कतिपयको भनाइ छ ।विशेष गरी युवा यात्रुको माग पूरा गर्न सकेमा मात्र कम्पनी सफल हुने विश्लेषकहरूको भनाइ छ । पछिल्लो समय हवाई यात्रुमा युवा संख्या अत्यधिक छ, त्यसकारण पनि कम्तीमा भारतीय युवाको मन जित्ने कार्य एयर इन्डियाले गर्न सकेमा टाटा सफल हुने देखिन्छ ।

पछिल्लो समय भारतबाट अमेरिकालगायतका देशमा सीधा उडानको माग निकै बढेको छ । एयर इन्डियाले त्यस्तो उडान गरेर मात्र पुग्दैन, यात्रुको मागअनुसार सेवा प्रदान गर्न सक्नुपर्छ । विशेष गरी युवा यात्रुको माग पूरा गर्न सकेमा मात्र कम्पनी सफल हुने विश्लेषकहरूको भनाइ छ । पछिल्लो समय हवाई यात्रुमा युवा संख्या अत्यधिक छ, त्यसकारण पनि कम्तीमा भारतीय युवाको मन जित्ने कार्य एयर इन्डियाले गर्न सकेमा टाटा सफल हुने देखिन्छ ।

एक अध्ययनले अहिले अन्तर्राष्ट्रिय विमानमा ५३ प्रतिशत युवा यात्रु हुने गर्छन् र यो संख्या आगामी पाँच वर्षमा ६० प्रतिशत नाघ्नेछ । तर, एयर इन्डियामा अहिले उपलब्ध सेवा युवा जरुरतलाई पूरा गर्न सक्नेखालको छैन । एयर इन्डियाले युवा यात्रुलाई आकर्षित गर्न मोडर्न, टेक्नोलोजी ड्रिभन, इनोभेटिभ र पर्यावरणप्रति सचेत एयरलाइन्स बन्न सक्नुपर्छ । पुरानो कार्यशैलीबाट एयर इन्डिया पूर्ण रुपमा बाहिर निस्कन सक्नुपर्छ ।

एयरलाइन्सलाई पुरानो शैलीबाट पूर्णतः मुक्त गराउन सक्षम कार्यकारी प्रमुख आवश्यक पर्ने टाटाले बताएको छ । अहिले टाटासँग त्यस्तो अनुहार उपलब्ध छैन । त्यसकारण पनि कम्पनीले बाहिरबाट कार्यकारी प्रमुख ल्याउनुपर्ने कतिपयको भनाइ छ ।

१९८० र १९९० को दशकमा ब्रिटिस एयरवेजको कायापलट भएको थियो । त्यसको श्रेय कोलिन मार्सललाई जान्छ । उनी पनि बेलायत बाहिरका व्यक्ति थिए । उनले कम्पनीका कर्मचारीसँग स्तरीय तालमेल मिलाएर ब्रिटिस एयरवेजको कायापलट गरिदिएका थिए ।

१९८० र १९९० को दशकमा ब्रिटिस एयरवेजको कायापलट भएको थियो । त्यसको श्रेय कोलिन मार्सललाई जान्छ । उनी पनि बेलायत बाहिरका व्यक्ति थिए । उनले कम्पनीका कर्मचारीसँग स्तरीय तालमेल मिलाएर ब्रिटिस एयरवेजको कायापलट गरिदिएका थिए ।१८ हजार करोड भारुमा रतन टाटाले एयर इन्डिया किनेका हुन् । एयर इन्डिया आजभन्दा ६८ वर्षअघि पनि टाटा ग्रुपकै अधिनमा थियो । त्यसबखत एयर इन्डिया टाटा एयरलाइन्स नामबाट सञ्चालित थियो ।

उक्त एयरलाइन्सले पहिलो पटक १५ अक्टोबर १९३२ मा उडान भरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो