2026-09-19 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने जो बाइडनको चेतावनी

माघ १४, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी दिएका छन्।यसैबीच रुसले आफ्नो मुख्य माग अमेरिकाले अस्वीकार गरेपछि युक्रेनको सङ्कट समाधानका लागि ‘आशावादी हुने ठाउँ असाध्यै झीनो रहेको’ बताएको छ।

युक्रेनको सीमामा पछिल्ला हप्ताहरूमा दशौँ हजार रुसी फौज तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ। रुसले त्यस्तो आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ।अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग बिहीवार भएको टेलीफोन वार्तामा सम्भावित आक्रमणबारे टिप्पणी गरेका हुन्।

युक्रेनमा हमला भए अमेरिकाले ‘पुटिनमाथि नै प्रतिबन्ध लगाउन सक्ने’

“राष्ट्रपति बाइडेनले रुसीहरूले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना रहेको बताएका हुन्,” ह्वाइट हाउस न्याशनल सेक्युरिटी काउन्सिल प्रवक्ता एमिली हर्नले बताइन्।”राष्ट्रपतिबाट यो कुरा सार्वजनिक रूपमा व्यक्त भइसकेको छ र हामीले पनि महिनौँदेखि यस्तै चेतावनी दिँदै आएका हौँ।”

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा युक्रेनका राष्ट्रपतिसँग बाइडेनले “यदि रुसले थप हमला गरेमा अमेरिका र उसका समर्थक राष्ट्रले निर्णायक कदम चाल्न तयार रहेकोमा आश्वस्त” पारेको जनाइएको छ।

जेलेन्सकीले आफूहरुले “तनाव घटाउने पछिल्ला प्रयत्नहरूबारे छलफल गरेको र भविष्यका लागि संयुक्त कारवाहीबारे सहमत बनेको” बताएका छन्।

समाचार पोर्टल एक्सिअसले अज्ञात स्रोतलाई उदृत गर्दै ती दुई नेताहरू रुसबाट कति खतरा छ भन्नेबारे सहमत भएनन्।युक्रेनमा हिउँ जमेपछि बलिया युद्ध सवारीसाधनहरू गुडाउने प्रतीक्षामा रहेको केही सैन्यविद्‌ ठान्छन्।शुक्रवार फ्रान्सका राष्ट्रपति एम्मानुअल माक्रोँ र भ्लादिमिर पुटिनबीच अर्को महत्त्वपूर्ण फोन वार्ता हुनेछ।

यसअघि अमेरिकाले युक्रेनमाथि आक्रमण गरिए रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने अमेरिकाले चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो