Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अप्रेसन पश्चात पेटबाट निकालियो १.५ किलो कपाल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १५, काठमाडौँ | भारतको हरियाणा शहरमा एक ६ वर्षीया बालिकाको केहि दिनदेखि असहनीय तरीकाले पेट दुखिरहेको थियो । त्यहाँ डाक्टरले बालिकाको केहि परिक्षण पछि पेटमा कपालको गुजुल्टा रहेको पत्ता लगाए।

बालिकाले आफ्ना अभिभावकहरुसँग असहनीय पेट दुखेको बारेमा भनिन् र उनीहरुले उनलाई पंचकुला सेक्टर ६ को एक अस्पतालमा  भर्ना गराए । त्यहाँ डाक्टरले बालिकाको केहि परिक्षण पछि पेटमा कपालको गुजुल्टा रहेको पत्ता लगाए। डाक्टरले बालिकाको अप्रेसन पश्चात उनको पेटबाट १.५ किलो कपाल निकालेको बताइएको छ ।

डा. विवेक भादू र उनको टिमले बालिकाको सफलता पुर्वक शल्यक्रिया (अप्रेशन) गरेको र अहिले बालिकाको स्वास्थ्य अवस्था ठिक रहेको भारतीय सञ्चारमाध्यमले जनाइएको छ । डा. भादू भन्छन्, ‘बालिकाको पेटमा जम्मा भएको कपाललाई सफलतापुर्वक शल्यक्रिया गर्दा आफूलाई गर्व महसुस भएको छ ।’

बालिकाको परिवारले डाक्टरलाई खुसी हुँदै आभार व्यक्त गरेका छन् ।