2026-09-19 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

माघ १८, काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन् ।

प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसद्मा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार प्रचण्डकै भनाइमा समर्थन जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धमा विवाद बढाउनुको सट्टा सहमतिको आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

सत्ता गठबन्धनभित्र एमसीसीको विषयलाई लिएर गठित कार्यदलका सदस्यहरूले संशोधन गर्नुपर्ने विषयसहितको सुझाव प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूलाई अवगत गराइसकेको भए तापनि सत्ता गठबन्धनबीच अझै एमसीसीको विषयमा साझा धारणा बन्न सकिरहेको छैन । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमसीसी तत्काल अगाडि बढाउने प्रस्ताव अगाडि सारिरहँदा सत्ता सहयात्री चारै दलले असहमति राख्दै आएका छन् । 

– यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो