Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरोना विरुद्धको खोपमा ठूलो सफलता: विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई दियो बधाई

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २१, काठमाडौँ । नेपालले  लक्षित जनसङ्ख्याको ७०.७  प्रतिशतले कोभिड –१९ विरुद्धको खोपको पूर्ण  मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८६.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका  अनुसार बिहीबारसम्म १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनामध्ये कम्तीमा एक मात्रा खोप लगाउने ८६.९ प्रतिशत र पूर्ण मात्रा लगाउने ७०.७ प्रतिशत पुगेका छन् ।

यस्तै कुल जनसङ्ख्या दुई करोड ९१  लाख ९२ हजार ४८० मध्ये ६८.४ प्रतिशतले कम्तीमा एक मात्रा र ५१.१ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । यसअनुसार कुल जनसङ्ख्याको ५१.१  प्रतिशतले  पूर्ण मात्रा र ६८.४ प्रतिशतले एक मात्रा खोप लगाएका छन् ।

नेपालले ७० प्रतिशतभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप  लगाएकोमा  विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बधाई दिएको छ । सङ्गठनको नेपालस्थित  कार्यालयले उसको आधिकारिक फेसबुक र ट्विटर खातामा १८ वर्ष माथिका  जनसङ्ख्याको ७० प्रतिशत नागरिकले पूर्ण खोप लगाएर कोसेढुङ्गा पार गरेको उल्लेख गरेको छ ।

- यो समाचार गोरखापत्र दैनिकमा छ ।