2026-09-19 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनबाट ब्लुबुक नवीकरण गर्न नागरिक एप साथै ड्राइभिङ लाइसेन्स नवीकरणका सफ्टवेयर तयार हुँदै

माघ २८, काठमाडौँ । अनलाइनबाटै सवारीचालक अनुमतिपत्रको नवीकरण गर्न बाटो खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले डिजिटल वालेट कम्पनी ई-सेवा र खल्तीलाई स्वीकृति प्रदान गरेसँगै त्यसको आधार तयार भएको हो ।

यसै आधारमा आइतबारदेखि बागमती प्रदेशमा नागरिक एप तथा वेबसाइटबाट ब्लुबुक नवीकरण गर्न सकिने सेवा सुरु हुँदैछ । तर लाइसेन्स नवीकरणका लागि आवश्यक सफ्टवेयर सिस्टम तयार नभइसकेकाले त्यसका लागि थप समय लाग्ने बताइएको छ ।

नागरिक एपले अनलाइनबाट बागमती प्रदेशबाट जारी सवारीचालक अनुमतिपत्र नवीकरण गर्न सकिने गरी सिस्टम डेभलपमेन्टको काम सुरु भइसकेको जनाएको छ । मन्त्रालयले बिहीबार अनलाइन प्रणालीबाट राजस्व संकलन गर्ने विषयमा पत्राचार गरेको छ ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले यसका लागि श्रम मन्त्रालयलाई सहमति दिएको थियो । यातायात व्यवस्था सेवा कार्यालय र यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रहरूबाट यातायात क्षेत्रको राजस्व संकलन गर्न ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरिएको छ ।

ती बैंकबाट राजस्व हिसाब मिलान गर्नेगरी ई-सेवा (फोन पे प्रालि) र खल्ती (स्प्यारो पे प्रालि) को मोबाइल वालेटलाई यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मा आवद्ध गरिएको हो ।

लाइसेन्स नवीकरण सुविधा आउन केही समय लाग्ने भए पनि नागरिक एपमै आफ्नो सवारीचालक अनुमतिपत्र लिङ्क गर्न सकिने सुविधा भने आगामी अपडेटमा उपलब्ध गराइने बताइएको छ ।

यससँगै लाइसेन्सलाई पनि हाल राहदानी, नागरिकता र मतदाता परिचयपत्रलाई नागरिक एपमा खाता खोल्ने आधारभूत कागजात सरहको मान्यता दिने विषयमा समेत गृहकार्य भइरहेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो