<p>फागुन ३, काठमाडौँ । यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घट्नामा मृत्यु भएको छ। पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्यु भएको हो।<br></p><p>बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा गुरुङको घटनास्थलमै मृत्यु भएको जनाईएको छ। गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ। </p><p>दुर्घट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाईते भएका छन्।</p>
दुबईमा एक नेपाली नर्सको सडक दुर्घट्नामा मृत्यु