2026-09-19 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह समारोहमा इनारको स्ल्याब भाँचिएर १३ जनाको मृत्यु

फागुन ५, काठमाडौँ ।भारतको उत्तर प्रदेशको कुशीनगरमा इनारमा राखिएको स्ल्याब भाँचिएर १३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा महिला र बालिका रहेका छन् । कुशीनगरको नौरङ्गियामा विवाह समारोहका लागि भेला भएका यी व्यक्ति इनारमा राखिएको स्ल्याबमा बसेका थिए । स्ल्याब भाँचिएर सबै इनारमा खसेरका थिए। उक्त घटनामा मृत्यु हुनेमा दुई महिला र ११ बालिका रहेका छन् ।

यस दुर्घटनाको जानकारी दिँदै गोरखपुर रेन्जका एडीजी अखिल कुमारले भने, ‘गाउँमा परमेश्वर कुशवाहा को घरमा विवाहको कार्यक्रम थियो। गाउँका महिलाहरू इनारमा पूजा गर्न भेला भएका थिए। करिब साढे आठ बजे दु:खद घटना भएको हो।’ इनारको स्ल्याब फुटेर माथि रहेका सबै मानिस इनारमा खसेको उनले बताए। स्थानीयले सकेसम्म धेरैलाई बाहिर निकालेर तुरुन्त अस्पताल पुर्याएका थिए। 

प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई/दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् भने घाइतेलाई ५०–५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।  

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मोदीले भने, ‘उत्तर प्रदेशको कुशीनगरमा भएको दुर्घटना हृदयविदारक छ । यस घटनामा ज्यान गुमाउनेहरूका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु, स्थानीय प्रशासनले सक्दो सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो