ई-सेवाको कर्मचारी भन्दै ७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

साझासवाल
1 Min Read

फागुन ९, काठमाडौँ । ई-सेवाले बोनस बाँड्दैछ भनी प्रयोगकर्तालाई फोन गरेर रकम असुली गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले रौतहट माधव नारायण नगरपालिका-२ घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका शुभम साह र बारा महागढिमाई नगरपालिका १० घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका सर्फराज आलमलाई पक्राउ गरेको हो ।

ठगी गर्ने व्यक्तिले ९८२९४०२०४९ नम्बरबाट ई-सेवाको कर्मचारी बोलेको भनेर पीडितलाई फोन गरी आफ्नै ई-सेवाको अकाउन्टमा ५० हजार रुपैयाँ जम्मा गरेमा २५ सय रुपैयाँ बोनस पाइन्छ भनेर बताएका थिए ।

पछि पीडितले आफ्नो अकाउन्ट रकम जम्मा गरेपछि बोनस प्राप्त गर्नका लागि कुराकानी गर्दा विभिन्न कुरा गरी विश्वासमा पारी पीडितको ई-सेवा आईडीको ओटीपी कोड प्राप्त गरेपश्चात बैंक खातामा समेत पहुँच बनाई सात लाख २७ हजार ३४८ रुपैयाँ ठगी गरेका थिए ।

ठगी गरेको रकमले टिकटकमा बिक्रीका लागि राखिएको आईफोन १३ प्रो म्याक्स एक लाख ९० हजारमा किन्ने सहमति गरी पीडितको खाताबाट सिधै मोबाइल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगञ्जबाट पाउने गरी पठाउन लगाएको महाशाखाले जनाएको छ ।

यसैगरी ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिका खातामा समेत पठाइएको पाइएको महाशाखाले जानकारी दिएको छ ।

पछिल्लो समय नेपाल प्रहरीले अनलाइन माध्यममा हुने यस्ता ठगीबाट जोगिन आफ्नो युजर आईडी तथा पासवर्ड/ओटीपी कसैलाई नदिन आग्रह गर्दै आएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply