2026-09-19 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडेगलेका पाउरोटी र म्याद नाघेका बिस्कुटहरुबाट धुलो बनाएर पुनः कुकिज बनाएर बिक्री वितरण

फागुन १०, काठमाडौँ । म्याद नाघेका अखाद्य सामाग्रीलाई पुनः बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक कम्पनी सिल गरेको छ। महानगरीय अपराध महाशाखा र खाद्य तथा गुण नियन्त्रण विभागको टोलीले ललितपुर महानगरपालिका २७ सुनकोठीस्थित स्पर्श फुड प्रोडक्ट प्याकेजिङ कम्पनी र त्रितारा फुड्स् एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको हो । टोलीले सिन्धुपाल्चोकका नरबहादुर श्रेष्ठलाई पक्राउसमेत गरेको छ।

‘यी दुई कम्पनीका नाममा खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमतिसमेत निलई विगत ३ वर्षदेखि म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुन धुलो बनाई कुकिज टोस्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्री वितरण गर्दै आएको फेला पारी खाद्य तथा गुण नियन्त्रण विभागको रहोबरमा दुवै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा नस्ट गरी आवश्यक कारबाही र अनुसन्धान प्रक्रिया कार्य भइरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार ३ वर्षदेखि म्याद नाघेका कुकिजहरुमा पुनः बटर चकलेट, काजु कुकिज बनाइ बिक्री वितरण गरेको, अत्यधिक सडेगलेका पाउरोटी सुकाएर पुनः कुकिज बनाइ बेचेको र म्याद नाघेका पाउरोटीलाई पुनः क्रन्चि र चिकेन रोष्ट बनाउन प्रयोगमा ल्याइएको भेटिएको छ।

बरामद गरिएका ५४ कार्टुन भेनेगर, ३० कार्टुन चिनी, ७ कार्टुन क्रसर पाउडर, १० कार्टुन सुप, ३८५ बोरा अजिना मोटो, १५ कार्टुन बेकिङ पाउडर, ४० बोरा चकलेट पाउडरलगागयत सामग्रीहरु नस्ट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो