2026-09-19 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ता गठबन्धनबीच चुनावी तालमेलको सम्भावना कति ?

फागुन २६, काठमाडौँ । चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा एकमत छैन। माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी गठबन्धन कायम गर्न चाहन्छन्। तर, कांग्रेसभित्रै चुनावी तालमेलका विषयमा मतभेद छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा चुनावी तालमेलको पक्षमा छन् भने संस्थापनइतर एक्लै चुनावमा जानुपर्ने अडानमा छ।

वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा गठबन्धनभित्र चुनावी तालमेलको विषय तीव्र बहसको विषय बनेको छ। शीर्ष नेताहरु चुनावी तालमेल गर्न एकमत देखिन्छन्। तर, अहिलेसम्म संस्थागत निर्णय हुन सकेको छैन।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गर्छन्। ‘आगामी निर्वाचनमा हामी मिलेरै जाने हो, सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ, त्यहाँ मिल्ने हो,’ आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी तालमेलबारे नेपालले बताए।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकमा चुनावमा गठबन्धन हुने र प्रतिगमनलाई परास्त गर्ने बताएका थिए। चुनावी तालमेललाई लक्षित गरेर तयारी थाल्न केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए। 

– यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो