एजेन्सी। "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी। "/>
2026-06-14
काठमाडौँ - KTM

एलन मस्कले गरे रुसी इन्जिनको तारिफ

चैत १४, काठमाडौं । एजेन्सी। रुसले अमेरिकालाई रुसी इन्जिनहरू बिक्री नगर्ने निर्णय गरेलगत्तै विश्वका सबैभन्दा धनी अर्बपति एलन मस्कले रुसी इन्जिनको प्रशंसा गर्न थालेका छन् । उनले बोइङ र लोकहिड मार्टिनको संयुक्त यूएलए भेन्चरले रुसमै बनेको आरडी–१८० इन्जिन प्रयोग गर्ने गरेको बताएका छन् ।

तर, टेस्ला कम्पनीका समेत मालिक मस्कले आफ्नो स्पेस एक्सले आफैँले आफ्ना रकेट इन्जिको डिजाइन गर्ने भएकाले रुसी प्रतिबन्धले कुनै असर नपार्ने पनि बताएका छन् । अमेरिकी एरोस्पेस कम्पनीद्वय बोइ ङ र लोकहिड मार्टिनको जोइन्ट भेन्चर यूएलए आफ्नो एटलस भी रकेटको पावरका लागि आरडी–१८० इन्जिनमा निर्भर छ ।

युक्रेनमाथि आक्रमण गरेका कारण आफूमाथि अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धको प्रत्युत्तरमा रुसले अमेरिकालाई रकेट इन्जिनहरूको आपूर्ति रोक्ने निर्णय गरेको हो ।

रुसी अन्तरिक्ष निकायका अध्यक्ष दिमित्री रोगोजिनले भनेका छन्, “यस्तो परिस्थितिमा हामी अमेरिकालाई विश्वकै सर्वोत्कृष्ट रकेट इन्जिनहरू आपूर्ति गर्न सक्दैनौँ । तिनीहरूलाई आफ्नै कुचोको लट्ठी प्रयोग गरेर उड्न दिऔँ ।"

मस्कले भनेका छन्, “भविष्यमा अमेरिकी कम्पनीहरू 'ब्ल्यु ओर्जिन' कम्पनीबाट निर्माण हुने यस्ता सर्वोत्कृष्ट इन्जिनबाट वञ्चित हुनेछन् । मलाई जहाँसम्म लाग्छ, एन्टारेसले पनि आरडी–१८० इन्जिन नै प्रयोग गर्दछ । अब नोथ्रोप ग्रम्मन कम्पनीले उत्पादन गर्ने दुई चरणको रकेट 'एन्टारेस' पनि इन्जिन प्रयोगबाट वञ्चित हुनेछ ।"

हालै बिजनेस इन्साइडरलाई अन्तरिक्ष उद्योगमा अन्तर्राष्ट्रिय सहयोगबारे अन्तर्वार्ता दिने क्रममा मस्कले जस्तै अन्तरिक्षयात्री पेग्गी व्हिटसनले पनि यस सम्बन्धमा चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक