२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्दा उठाएको पैसा चैतभित्र फिर्ता गर्न विप्लवको निर्देशन

२०७८, २७ चैत्र आईतवार १२:३२

चैत्र २७, काठमाडौँ | विप्लव नेतृत्वको नेकपाका एक जना नेताले चन्दाको नाममा लाखौँ उठाएर हिनामिना गरेको आरोप लागेको छ । महासचिव विप्लवले नेता भीम चापागाईँले लाखौँ पैसा उठाएर खाएको आरोप लगाउँदै त्यसबारे छानविन गर्ने बताएका हुन् | उनले केन्द्रीय समितिको बैठकपछि जारी गरेको सर्कुलरमा ‘पार्टीको नाममा

भिम चापागाईँले उठाएर खाएको लाखौँ पैसाबारे छानविन गर्ने’, उल्लेख गरिएको छ ।  उनले पार्टीको नाममा अन्नपूर्ण होटलबाट ल्याएर उनले पैसा खाएको सर्कुलरमा उल्लेख गरेका छन् । विप्लवले सो पैसा चैत्र मसान्तभित्र पार्टीमा बुझाउन पनि निर्देशन दिएका छन् । 

चापागाईँले पार्टी र नेतृत्वको नाममा लाखौँ रुपैया असुल गरि हिनामिना गरेको, संगठनात्मक रुपमा गुटबन्दी र अराजकता मच्चाएर शंकास्पद गतिविधि गरेकोले केन्द्रीयस्तरबाटै छानविन गर्ने  पनि विप्लवले जनाएका छन् । 

पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात्र र गतिविधिलाई बन्देज लगाउने पनि विप्लवको पार्टीले निर्णय गरेको छ । विप्लवको सर्कुलरमा  चितवनमा विवेक शाहको जग्गा मुद्दाबारे छानविन गर्ने पनि उल्लेख गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट