Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गृहमन्त्री खाण र अस्ट्रियाका राजदूत वजिरबीच शिष्टाचार भेट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत्र २९, काठमाडौँ </b>| गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्यानरिना वजिरले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी गरेका हुन् ।&nbsp;<br></p><p>भेटमा काठमाडौंबाट अस्ट्रियाको राजधानी भियनामा सिधा उडान गर्नेबारे कुराकानी भएको थियो । गृहमन्त्री खाणले काठमाडौं–भियना उडान भएमा दुबै मुलुकलाई फाइदा हुने बताएका थिए । राजदूत वजिरले उडानबारे सरकारसँग पहल गर्ने बताए ।&nbsp;</p><p>नेपाल र अस्ट्रियाबीच सन् १९५९ अगस्त १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । अस्ट्रियाले विशेषगरी सम्पदा क्षेत्रको संरक्षणमा नेपालमा सहयोग गर्दै आएको छ । अस्ट्रियाले पाटन संग्रालयको पुनःस्थापना, केशर महल गार्डेन अर्फ ड्रिम्सको संरक्षण, नाम्चे जलविद्युत् र रोल्वालिङ पर्यावरणीय पर्यटनको पर्वद्धनलगायतमा सहयोग गरेको छ |</p>