Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ बैसाख ०४ गते, बिहान ८:२० बजे
काठमाडौँ - KTM

इन्जिनमा समस्या देखिएपछि समिटको जहाज काठमाडौँ फिर्ता

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ४, काठमाडौँ | इन्जिनमा समस्या देखिएपछि सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज काठमाडौँ फिर्ता भएको छ । ए.एम.पी कल साइन भएको जहाजको देब्रे भागको इन्जिनमा समस्या भएपछि इन्जिन ‘सटडाउन’ गरेर काठमाडौँ फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए ।

जहाजमा १० विदेशी ५ नेपाली यात्रु र ३ जना क्रु मेम्बर सवार थिए । सिङ्गल इन्जिनमार्फत जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।