१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सर्लाहीका वडाध्यक्षले राजिनामा दिईसकेपछी कुटे सचिवलाई

१० बैशाख २०७९, शनिबार ०७:१४

 वैशाख १०, सर्लाही | सर्लाहीमा एक जनप्रतिनिधिले राजीनामा दिइसकेपछि सचिवलाई कुटपिट गरेका छन् । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् ।

शुक्रबार दिउँसो वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसामान बरबुझारथ गरेर ल्याएको भरपाईमा सही गर्न नमानेका कारण मण्डलले आफूलाई कुटेको पण्डितले बताए । 'वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरिदिएको थिएँ,' उनले भने, ' उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, त्यसका सही गर्दिन भनेपछि मलाई कुर्सीले हाने ।’

उनले वडाध्यक्षले सही गर्न लगाएको कागजपत्र नगरपालिकाले मात्र प्रमाणित गर्न मिल्ने खालको भएको बताए । वडाअध्यक्षको कुटाइबाट घाइते भएका सचिव पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा पठाइएको थियो । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको दाबी गरे । उनले भने, ‘वडा कार्यालयमा के भएको हो मलाई थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल