चुनावको तयारी तीव्र : धमाधम निर्वाचन सामग्री ढुवानी

साझासवाल
1 Min Read

वैशाख १०, काठमाडौँ |आसन्न स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले आवश्यक सामाग्री ढुवानी सुरु गरेको छ। ‘अहिले हामी बिदा पनि नभनी काम गरिरहेका छौँ। शनिबार वा कुनै पनि सार्वजनिक बिदाको दिन पनि काम गरिरहेका छौँ। मतपत्र छपाई भइरहेको छ। हामीले आजसम्म ३० जिल्लामा सामान ढुवानी गरिसकेका छौँ। थप १५ जिल्लामा आज ती सामाग्री पुग्दै छन्," प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई बताए।

आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन वैशाख १० गतेको  समयसीमा तोकेको छ । वैशाख ३० गते हुने निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुनेछ ।

Share This Article
Leave a Comment

Leave a Reply