२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको गीता ग्रुप अफ इन्स्टिच्युसन युनिभर्सिटिमा रुपान्तरण, नेपालि विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्

११ बैशाख २०७९, आईतवार १३:१५

बैशाख ११, काठमाडौँ | तिन दशक भन्दा बढी समयदेखि स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई विश्व मान्यताको गुणस्तरीय शिक्षा दिदै आएको गीता ग्रुप अफ इन्स्टिच्युसन यसै वर्ष अर्थात सन् २०२२ देखि युनिभर्सिटिमा रुपान्तरित भएको छ।

सन् १९८३ मा स्थापना भएको यस इन्स्टिच्युसनले युनिभर्सिटिको मान्यता पाए सगै अन्तराष्ट्रिय विद्यार्थीहरुलाई आकर्षित गराउन सतप्रतिशत छात्रवृत्तिको अफर दिने घोषणा समेत गरेको छ । भारतको पानीपत हरियाना राज्यमा रहेको गीता युनिभर्सिटीले यसै इन्टेकदेखि नै विद्यार्थीको क्षमताको आधारमा २५ प्रतिशत देखि १०० प्रतिशत सम्म पूर्ण छात्रवृत्ति दिने भएको हो ।

अन्य मुलुकका विद्यार्थीहरुको तुलनामा युनिभर्सिटीले नेपालि विद्यार्थीहरुलाई विशेष खालको अफर दिन लागेको युनिभर्सिटीले जानाएको । खास गरि नेपाली विद्यार्थीहरुको लागि नेपालको ७ वटै प्रदेशबाट समावेश गराउने उदेश्यले प्रत्येक प्रदेशबाट एक–एक जना अध्ययनमा अब्बल विद्यार्थीलाई १०० प्रतिशतको छात्रवृत्ति दिने युनिभर्सिटीले जनाएको छ ।

यसरि छात्रवृत्ति पाउनको लागि भने विद्यार्थीहरुले ‘युनिभर्सिटी टेस्ट अफ स्कलरशिप’ अन्तर्गत अनलाइन प्रवेश परिक्षामा सहभागी जनाउनुपर्ने हुन्छ । यसरि सहभागी जनाउने मध्ये परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ८ जना विद्यार्थीले १०० प्रतिशतको छात्रवृत्तिमा भर्ना पाउनेछन । यो अफर जुनसुकै लेबलका, जुनसुकै कोर्षमा पुरा अबधि पढ्न पाउनेछन । यसका लागि युनिभर्सिटीले छिट्टै नै अनलाइन परिक्षा खुलाउने तयारि गरेको नेपालका लागि मार्केटिंग म्यानेजर रबि मल्लिकले जानकारी दिए । उनले भने– ‘यो नेपाली जेहेन्दार विद्यार्थीका लागि गोल्डेन अवसर हो ।’

यति मात्र सिमित नभई युनिभर्सिटीले भारतमै अध्ययन गर्न चाहने अन्य मिडियाम क्लासका विध्यार्थिहरुका लागि पनि थप छात्रवृत्तिको पनि व्यबस्था गरेको छ। जस अन्तर्गत विद्यार्थीको एकेडेमिक जीपीए को आधारमा पनि छात्रवृत्ति पाउने छन् । जसमा ७० प्रतिशत भन्दा माथि प्राप्ताङ्क भएकाहरुको लागि ५० प्रतिशत छात्रवृत्ति, ६० देखि ६९ प्रतिशतसम्म प्राप्तांक भएकाहरुको लागि ३० प्रतिशत छात्रवृत्ति र ५० देखि ५९ प्रतिशत सम्म प्राप्ताङ्क भएकाहरुको लागि २५ प्रतिशत सम्मको छात्रवृत्ति दिने उल्लेख गरेको छ ।

करिब १५ वर्षदेखि नेपालि विद्यार्थीहरुलाई विश्व मान्यताको आत्मनिर्भमुखी शिक्षा दिदै आएको यस युनिभर्सिटिमा हाल ३०० भन्दा बढी नेपालि विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

भारतको राजधानी दिल्लीबाट करिब ३ घन्टाको दुरीमा अवस्थित गीता युनिभर्सिटीले गुणस्तरीय शिक्षा सँगसँगै नेपालि विद्यार्थीहरुका लागि छुट्टै र खानपानको व्यबस्था गर्दै आइरहेको छ । जुन नेपालकै रहनसहन ,सस्कृति र हावापानिसग मिल्दोजुल्दो पूर्ण पारिवारिक वाताबरणमा संचालन गरिरहेको छ।

युनिभर्सिटिको मान्यता पाएलगत्तै गीता युनिभर्सिटीले हालै मात्र नेपालको त्रिभुवन युनिभर्सिटीसँग पनि समकक्षताको मान्यता लिइसकेको मार्केटिंग म्यानेजर रबि मल्लिकले जानकारी दिए ।

गीता युनिभर्सिटी मुख्यतया: ईञ्जिनियरिङ्ग अध्ययनका लागि उत्कृष्ट युनिभर्सिटीको रुपमा विश्व परिचित भएता पनि अन्य विषयमा अध्ययन गर्न चाहनेहरुका लागि पनि पछिल्लो समय निकै प्रख्याति बटुलिरहेको युनिभर्सिटी हो । यस युनिभर्सिटीले सयौ संख्याका कोर्षहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विध्यार्थिहरुलाई व्यबहारिक शिक्षा दिदै आइरहेको छ । हाल युनिभर्सिटीले अध्यापन गराउदै आएका कोर्षहरुमा मुख्यतया: ईञ्जिनियरिङ्ग, म्यानेजमेन्ट, साइन्स, कम्प्युटर, फार्मेसी, आर्टस, ल, होटल म्यानेजमेन्ट, कमर्श, फेसन डिजाइन, शिक्षा, कृषि, मिडिया मुख्य हुन् ।

अध्यापनको जिम्मेवारी सँगसँगै युनिभर्सिटीले अध्ययन पुरा गरेका विध्यार्थिहरुका लागि जब प्लेसमेन्टको समेत व्यबस्था मिलाउने गरेको छ। यस युनिभर्सिटिमा अध्ययन गरेका विद्यार्थिहरुले विश्व प्रख्यात कम्पनीहरुमा जब प्लेसमेन्टको उचित प्रबन्ध मिलाउदै आएको छ। विश्वमा नाम कहलिएका अन्तराष्ट्रिय स्तरका कम्पनीहरु कोकाकोला, महिन्द्रा, भिबो, टाटा, एमाजोन, माइक्रोम्याक्स, एचसियल, बजाजलगायत दर्जनौ कम्पनीहरु यस युनिभर्सिटिका प्लेसमेन्ट पार्टनरको रुपमै आबद्ध छ । जसमा अहिले सम्म पनि थुप्रै नेपालि विद्यार्थिहरुले बिभिन्न पोष्टमा रहेर आफ्नो दक्षता देखाउने अवसर पाइरहेका छन्

छात्रवृत्तिको स्किमसगै युनिभर्सिटीले यस वर्ष झन्डै एक हजार भन्दा बढी नेपालि विद्यार्थिहरु भर्ना गर्ने लक्ष्य राखेको म्यानेजर मल्लिकले जानकारी दिनुभयो। भर्ना हुनका लागि विद्यार्थीले स्वयं वा शैक्षिक परामर्श कम्पनिहरुको सहायतामा आफु अनुकुल भर्नामा सहभागी हुन पाउनेछन। यदि आफूखुसी जान खोज्दा विद्यार्थिहरुलाई कुनै पनि अन्यौलता भएमा नजिकैका शैक्षिक परामर्शदाता कम्पनीहरुमा गएर उचित परामर्श लिन समेत युनिभर्सिटीले नेपालि विद्यार्थिहरुलाई आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की