2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा नेपालीहरुले ध्यान केन्द्रित गरौँ : राष्ट्रपति

वैशाख ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएकी छन् ।  राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले उक्त कुरामा जोड दिएकी हुन् । 

महत्वपूर्ण राजनीतिक परिवर्तनपछि समुन्नत राष्ट्र बनाउने सङ्कल्प गरिरहँदा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषयमा हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ भन्दै उनले सामाजिक-आर्थिक समृद्धि हासिल गर्ने महान् अभियानमा अग्रसर हुन कृषिको आधुनिकीकरण एवं त्यसको व्यावसायिकीकरण अपरिहार्य भएको बताइन् । 

कोभिड-१९ को महामारी र भूकम्पले अर्थतन्त्रका आयामहरूमा अवरोध पुर्‍याएको यथार्थ प्रस्तुत गर्दै राष्ट्रपतिले जलसम्पदाको उचित उपयोग गर्दै विद्युत् उत्पादन, सिँचाइको व्यवस्था, पर्यटन प्रवद्र्धन, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनबाटै समृद्धिको मार्गमा अघि बढ्न सकिने बताइन् । 

"अर्थतन्त्रको सुदृढीकरण प्रक्रियामा पारदर्शिता, सुशासन, जवाफदेहिता आवश्यक छ, गुणस्तरीय र रोजगारीमूलक शिक्षाका माध्यमबाट अर्थतन्त्रलाई उन्नयनको दिशामा अग्रसर गराउन सकिनेमा म विश्वस्त छु," राष्ट्रपतिले भभनिन् ।  उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गराइन् । 

महामारी र भूकम्पले शिथिल तुल्याएको विकासको गतिलाई अघि बढाउन तथा स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा महत्वपूर्ण हुने बताउँदै उनले त्यसनिम्ति पर्याप्त लगानी आवश्यक भएको विचार व्यक्त गरिन् । स्वस्थ एवं दक्ष जनशक्तिबाट नै राष्ट्र निर्माणको गुरुत्तर अभिभारा पूरा गर्न सकिने राष्ट्रपतिको अभिव्यक्ति थियो । 

राज्यका विभिन्न निकायमा रहेर व्यावसायिक एवं पेशागत क्षमता अभिवृद्धिका निम्ति सम्मानित हुनुभएकामा उपाध्यायको योगदानको सराहना गर्दै राष्ट्रपति भण्डारीले समाजलाई लाभान्वित तुल्याउने सत्कार्यमा प्रभावकारीरुपमा लाग्न नेपाल जनप्रशासन सङ्घजस्ता संस्थालाई आह्वान पनि गरिन् । 

सुशासन प्रवद्र्धनका साथै सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न उनले निर्वाह गरेको योगदानको कदर गर्दै उपाध्यायलाई उक्त सम्मान प्रदान गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, जलस्रोत सचिवलगायत उच्च ओहोदामा रहेर उनले सार्वजनिक सेवा प्रवाह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक