2026-09-19 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारतको सीमाक्षेत्र विराटनगरमा भारतीय सुरक्षाकर्मीले किन चलाए गोली ?

वैशाख २०, काठमाडाैं | नेपाल–भारतको  सीमाक्षेत्र  विराटनगर–१८,  इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले बिनाकारण हवाई फायर गरेको छ ।

सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउन्ड हवाई फायर गरेपछि सीमा क्षेत्रका नेपाली आतङ्कित बनेका छन् ।

ड्युटीमा खटिएका एसएसबी जवानले दुई राउन्ड जमिन तर्फ र एक राउन्ड आकाशमा फायर गरेको विराटनगर–१८, इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए।

सोमबार दिउँसो २ बजे सो घटना भएको थियो । स्थानीयका   अनुसार   ड्युटीमा   खटिएका   एसएसबीका जवान मदिरा सेवन गरी लठ्ठ भएको अवस्थामा  थिए  ।

सीमा  क्षेत्रमा  खटिएका  एक  सुरक्षाकर्मीका  अनुसार,  एसएसबीका  जवानले  होहल्ला  गरेपछि  स्थानीयले  एसएसबीको  टोलीलाई  घेराउ गरेका थिए ।

स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाई फायर गरेको हुनसक्ने ती सुरक्षाकर्मीको भनाइ छ ।

यद्यपि हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन । मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दसगजा क्षेत्रमा गोली चलेको पुष्टि गरे।

उनले  भने, ‘गोली  चलेको  नेपालतिर  होइन भारतीय क्षेत्रमा हो । के विषयमा चलेको हो, थाहा भएन । हामीले पनि बुझ्ने प्रयास गरिरहेका छौँ ।’ गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा