2026-09-19 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा छैन, अतिरञ्जनाको पछि नलागौ :- डा. वाग्ले

वैशाख २१, काठमाडौँ | अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा नरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आज बुधवार गरेको कार्यक्रममा डा. वाग्लेले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टिँदैछ भनेर अतिरञ्जना फैलाउन खोजिएको तर हल्ला गरेजस्तो यथार्थ नरहेको बताउनुभएको हो । 

श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट शासकीय अहङ्कार र उन्मादका कारण सृजना भएको बताउँदै डा. वाग्लेले चुनाव जित्ने र जितिसकेपछि लोकप्रियताका लागि अध्ययनविना नै कर छुट, प्रतिफलको मूल्याङ्कन नै नगरि विदेशी ऋण लिएर पूर्वाधार निर्माणलगायतका गलत नीतिका कारण देश नै टाट पल्टिने अवस्थामा पुगेको बताउनुभयो ।

नेपालले भने तिर्न नसक्ने गरी ऋण नलिएको र पुर्न नसक्ने गरी शोधनान्तर घाटाको अवस्थामा पनि नरहेकाले आत्तिनुनपर्ने तर अहिलेदेखि नै गलत दिशामा गइरहेका सूचकलाई सही बाटोमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । 

श्रीलङ्कामा जस्तै नेपालमा पनि अध्ययन नगरि आर्थिक नीति बनाउने, देश हाक्नेहरूलाई सल्लाहकारले सही सूचना नदिने, ठूला भ्रष्टाचारलगायतका केही विषय मिल्ने भएकाले सचेत हुनैपर्ने वाग्लेको भनाइ छ । सामाजिक सुरक्षा भत्ता, अनुदान, राहत लगायतमार्फत राज्यको पैसा हचुवाका भरमा वितरण भइरहेको भन्दै उहाँले पर्याप्त अध्ययन गरेर मात्रै सरकारले पैसा खर्च गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा