2026-09-19 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलले नेपालसँग सहकार्यका लागि नयाँ अवसरहरूको खोजी जारी राख्ने छ- विदेशमन्त्री यैर ल्यापिड

वैशाख २८, काठमाडौं | इजरायलका बैकल्पिक प्रधानमन्त्री एवं विदेशमन्त्री यैर ल्यापिडले इजरायलले स्वतन्त्र राष्ट्रको मान्यता पाएको तीन दशकसम्म नेपालबाहेक दक्षिण एसियाका अन्य कुनै पनि राष्ट्रले इजरायलसँग कुटनीतिक सम्बन्ध नराखेको स्मरण गर्दै इजरायलसँग कूटनीतिक सम्बन्ध गाँस्ने दक्षिण एसियामा नेपाल पहिलो राष्ट्र र तीन दशकसम्म एक मात्र राष्ट्र रहेको भन्दै नेपालप्रति आभार व्यक्त गर्नुभएको छ ।

नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापना भएको ६२औं वार्षिकोत्सवको अवसरमा इजरायली दूताबासले मंगलबार काठमाडौंमा आयोजना गरेको समारोहमा भिडियो सन्देशमार्फत बैकल्पिक प्रधानमन्त्री एवं विदेशमन्त्री ल्यापिडले भन्नुभयो–‘इजरालयले नेपाललाई महत्वपूर्ण मित्र एवं साझेदारको रुपमा सधैं सम्झिरहनेछ र नेपालसँग सहकार्यका लागि नयाँ अवसरहरूको खोजी जारी राख्ने छ ।’

विशेष अतिथिका रुपमा उपराष्ट्रपति नन्द बहादुर पुन सहभागी रहेको उक्त समारोहमा इजरायलका संस्थापकमध्येका एक मोशे शारेतका छोरा एवं इजरायलका पूर्व प्रधानमन्त्री हाइम शारेतले भिडियो सन्देशमार्फत आफ्ना बुबा इजरायलका तत्कालिन प्रधानमन्त्री शारेत र नेपालका तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाबीचको मित्रतालाई स्मरण गर्नुभएको थियो । उहाँले दुई प्रधानमन्त्रीबीच म्यानमार, इजरायल र नेपालमा भएको द्विपक्षीय भेटघाट र सघन छलफलबाट दुई राष्ट्रबीच मैत्री सम्बन्ध स्थापना भएको जिकिर गर्नुभयो ।

नेपालका लागि इजरायली राजदुत खनान गोडेरले कठीन परिस्थितिमा नेपालले इजरायललाई कूटनीतिक मान्यता दिएर समर्थन गरेको गुण इजरायलले कहिल्यै भुल्न नसक्ने बताउनुभयो । उहाँले नेपालको विकासमा इजरायलले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो–‘नेपाल र इजरायल दुबैले सहिष्णुता, लोकतन्त्र, सामुदायिक ऐक्यबद्धतालाई सम्मान गर्दछ, यही समानताले हिजो हामी एकढिक्का भएका थियौं र भविष्यमा पनि हाम्रो सम्बन्ध प्रगाढ रहि नै रहनेछ ।’

समारोहमा पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाली सेनाको दक्षता र क्षमताबृद्धिमा इजरायलको ठूलो योगदान रहेको चर्चा गर्नुभयो । उहाँले युक्रेनको घटनाले साना र सामरिक हिसाबले कमजोर राष्ट्रहरू असुरक्षित रहेको पुष्टि भन्दै विश्व शान्ति र सुब्यवस्थाका लागि नयाँ विश्व व्यवस्था आवश्यक देखिएको बताउनुभयो । उहाँले साना राष्ट्रहरू सुरक्षित र स्थीर रहेमा मात्र विश्व शान्ति सम्भव हुनेमा जोड दिंदै यसका लागि नेपाल र इजरायलले संयुक्त प्रयास थाल्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।कार्यक्रममा नेपाल–इजरायल ऐतिहासिक सम्बन्धका तस्विरहरू पनि प्रदर्शनमा राखिएका थिए । नेपाल र इजरायलबीच सन् १९६० को जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा